नदीजन्य पदार्थको संकलन तथा विक्रीका बारेमा प्रदेश सांसदसहितको टोलीद्धारा अनुगमन

५ फाल्गुन २०७६, सोमबार मा प्रकाशित

मेचीनगर ।

मेचीनगरक्षेत्रभित्रका नदीहरुबाट भइरहेको नदीजन्य पदार्थको संकलन तथा विक्रीका बारेमा सोमबार प्रदेशसभा सदस्यसहितको एक टोलीले अनुगमन गर्नुका साथै विविध विषयमा जानकारी लिएको छ ।

१ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला समन्वय समिति झापाका प्रतिनिधि गंगा कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललगायतको टोलीले स्थलगत अनुगमन गदैं ठेकदार प्रतिनिधि स्थानीयवासीहरुसँग जानकारी लिएको हो ।

चालु आर्थिक वर्ष २०७६÷०७७ मा मेचीनगरक्षेत्रभित्रका चारवटा नदीको १९ स्थानबाट २ लाख १६ हजार ६ सय ६५ घन मिटर नदीजन्य पदार्थ संकलन तथा विक्री हुने भएको छ । मेचीनगर नगरपालिका र श्री विनिता ट्रेड एण्ड सप्लायर्स प्रालि भीमबहादुर पौडेल बीच आर्थिक वर्ष २०७६÷०७७ मा मेची नगरपालिकाभित्रका नदीहरुमा नदीजन्य पदार्थ संकलन तथा विक्रीको ठेक्का व्यवस्थाको कबुलियतनामासहितको सम्झौता पत्र खण्ड क देखि ज सम्म रहेको र १ देखि ८ पेज रहेको छ ।

मेचीनगर नगर कार्यपालिकाको कार्यालयबाट आव्हान भएको सार्वजनिक बोलपत्र इ विडिडङ मार्फतबाट अधिकतम मुल्य अभिवृद्घि कर र अग्रिम आयकर बाहेक ४ करोड ३३ लाख ३३ हजार रुपैयाँ ठेक्का अंक रहेको र मंसिर २० गतेदेखि ठेक्का अवधि प्रारम्भ भएर २०७७ जेठ १५ वा तोकिएको परिमाण उत्खनन सम्म जुन पहिला हुन्छ सो समयसम्म मात्र ठेक्का समाप्त हुनेमा दुईपक्षबीच सम्झौता भएको छ ।

मेचीनगरक्षेत्रभित्रका मेची, टिमाई, हडिया निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदन अनुसार ती स्थानमा प्रतिवेदनमा तोकिएको परिमाणभन्दा बढी नहुने गरी नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था गर्न ठेक्का बन्दोबस्तको व्यवस्था गरिएको छ । दुवैपक्षले सम्झौता इमान्दारिपुर्वक कार्यान्वयन गरे नगरेका विषयमा टोलीले अनुगमन गरेको हो ।

अनुगमका क्रममा अनुगमन टोलीले सम्झौताभन्दा विपरीत काम नगर्न ठेकदार प्रतिनिधिहरुलाई सुझाव दिएको थियो ।

जिल्ला समन्वय समिति झापाबाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षणको अद्यवधिक प्रतिवेदन अनुसार सम्झौता पत्रको खण्ड क को बुदाँ नम्बर ६ मा उल्लेखित खोला तथा नदीहरुमा तोकिएको स्थान र परिमाणलगायतका शर्तहरुमा कति पनि फरक नपर्ने गरी ठेकदारले नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्नुपर्ने छ ।

स्वीकृत प्रारम्भिक वातावरणिय परीक्षण अद्यावधिक प्रतिवेदनको खण्ड क को बुँदा नम्बर ६ मा उल्लेखित खोला तथा नदीहरुमा तोकिएको स्थान र परिमाणको सुनिश्चितता र सर्वसाधारणको जानकारीका लागि जिल्ला समन्वय समिति झापाबाट स्वीकृत जिल्ला स्तरीय नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा अनुगमन कार्यविधि, २०७५ को दफा ७ को ७ दशमलव १ अनुसार सोहि कार्यविधिको अनुची १ अनुसार उत्खनन स्थलमा स्थायी प्रकृतिको होडिङ्ग वोर्ड उत्खनन हुने लम्बाई, चौडाई र गहिराईको मिटर एकाईमा उल्लेख गर्नुपर्नेलगायत सम्झौतामा उल्लेख छ ।

मेचीनगरक्षेत्रभित्रका मेची, टिमाई, हडिया निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदन अनुसार ती स्थानमा प्रतिवेदनमा तोकिएको परिमाणभन्दा बढी नहुने गरी नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था गर्न ठेक्का बन्दोबस्तको व्यवस्था गरिएको छ ।

मेची नदीकोलागि मेचीनगर वडानम्बर १ को तिरिङ्गे दोभानदेखि ३०० मिटर दक्षिण,४ को बाहुनडाँगी, वडानम्बर ६ को काली मन्दिर र वर्मेली टोल, वडानम्बर ७ को सतिघट्टागरी चारवटाक्षेत्रबाट ५९ हजार घन मिटर नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था मिलाइएको छ । यसैगरी, हडिया खोलाको मेचीनगर १४ र १५ को मेघा सिमेण्ट पश्चिम, झोलुगेंपुल उत्तर, मंगली मेचीनगर ११ गरी तीन ठाउाँबाट ४ हजार ६ सय ५० घन मिटरको व्यवस्था मिलाईएको छ । निन्दा खोला प्याकेज १ बाट ३ तथा प्याकेज २ बाट ७ र टिमाई खोलाबाट १ स्थानाबट व्यवस्था मिलाईएको नगरपालिकाले जनाएको छ ।

तोकिएको समय तालिका अनुसार ठेकदारपक्षबाट नगरपालिकाको विभाज्य कोषमा दाखिला भएको रकमको ४० प्रतिशतले हुन आउने रकम दाखिला भएको एक हप्ताभित्र १ नम्बर प्रदेश सरकारले तोकिएको कोषमा दाखिला गर्ने तथा बाकी ६० प्रतिशत रकम मेचीनगर नगरपालिकाको सञ्चित कोष खातामा दाखिला गर्नुपर्ने पहिलो पक्ष वा नगरपालिकाको काम कर्तव्य र दायित्वमा छ ।

टिमाई नदीको हकमा बुद्धशान्ति गाउँपालिकासँग संयुक्त स्वामितव भएको ह’शदाँ टिमाई नदीमा उत्खनन हुने २० हजार घन मिटर को प्रति घनमिटर २ सय रुपैयाँका दरले हुन आउने ४० लाख रुपैयाँ को विगत वर्ष झै ४८ प्रतितशले हुन आउने रकम १९ लाख २० हजार रुपैयाँ उक्त गाउँपालिकालाई विभाजय कोषबाटै निकासा दिएर अन्य रकम नगरपालिका नगरकार्यपालिकाको नाममा रहेको सञ्चित कोष खातामा दाखिला गर्नुपर्ने हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here