अर्जुनधारा संस्कृत आदर्श माविको २८औं वार्षिकोत्सव

0
888

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयले २८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर प्रधानको अध्यक्षता र नगर सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक हरिनारायण खतिवडाले गरेका थिए ।

वर्ष शिक्षक घोषित मनप्रसाद खनाललाई सम्मानित गरिएको कार्यक्रममा सावित्रादेवी प्रसाईं स्मृति अक्षयकोषबाट १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा सञ्चालन गरिएको विभिन्न खेलकुदका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीसँगै सांस्कृतिक कार्यक्रमका सहभागीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पूर्व अध्यक्ष अम्बिकाप्रसाद खतिवडा, लक्ष्मी खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । समितिकोतर्फबाट सदस्य कुसुम राईले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र खत्रीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here