प्रशासकीय अधिकृतको स्वागत र बिदाइ

६ फाल्गुन २०७६, मंगलवार मा प्रकाशित

गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाइ गरिएको छ । सरुवा भइ आएका प्रदिप गौतमलाई स्वागत तथा सरुवा भइ जाने डिकप्रसाद दहाललाइ बिदाइ गरिएको हो ।

गाउपालिकाका कर्मचारीहरु द्वारा आयोजित एक कार्यक्रममा उनीहरुलाई स्वागत र बिदाइ गरिएको हो । भोजपुरको अरुण गाउपालिका बाट गौतम रोङ गाउपालिका आएका हुन भने दाहाल त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलको अध्यागमन कार्यालयमा सरुवा भइ जान लागेका हुन् ।

कार्यक्रममा गाउपालिका अध्यक्ष शमसेर राई वडा नम्बर ३ का वडाअध्यक्ष मात्रिका बराल कर्मचारीहरु लगायतले नेपाली ढाका टोपी, अबिर खदा सहित स्वागत र बिदाइ गरेका थिए । सो अवसरमा मन्तब्य राख्दै गाउपालिका अध्यक्ष शमसेर राईले कर्मचारीहरु स्थायी सरकार भएकाले सरकारको सफलता र असफलता कर्मचारीको हातमा निर्भर रहने बताए ।

उनले डिकसरको साथ सहयोगलाइ रोङ गाउपालिकाका जनप्रतिनिधि, कर्मचारी र रोङबासीले सम्झिरहने बताउदै फेरी पनि सरुवा मिलाएर रोङमा आए हुने थियो भन्ने अपेक्षा गर्दै नया आउने प्रशाकीय अधिकृत सग पनि जनप्रतिनिधिहरु सगसगै हातेमालो गरेर अगाडि बड्न तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी प्रशासन साखा अधिकृत नेत्रप्रसाद पोख्रेलले हतार र निर्णय नभइ कुनै पनि काम गर्नुहुदैन भन्ने मुख्य पाठ डिकप्रसाद सर बाट सिकेको बताउदै नया प्रमुख प्रशासकीय अधिकृत सग अझ बढि सिक्ने अवसर मिल्ने अपेक्षा राखेको बताए । सम्मान तथा बिदाइ कार्यक्रममा बिभिन्न साखाका प्रमुख तथा कर्मचारीहरु वडाका कर्मचारीहरु कार्यालय सहयोगीहरु लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बिदाइ हुने डिकप्रसाद दाहाललाइ कर्मचारीहरुले मायाको चिनो उपहारहरु पनि प्रदान गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here