मच्छिन्द्रलाई बिर्तामोडमा सम्मान

0
976

बिर्तामोड ।

मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने खेलाडीहरुलाई बिर्तामोडमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको छ ।
वीरता जेसीज, वडी ग्यारेज र तामा (नेपाली भान्सा)ले बिर्तामोडको तामा (नेपाली भान्सा) मा आयोजित कार्यक्रमका वीच उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल, वडी ग्यारेजका सञ्चालक दिपेन चौधरी, तामा (नेपाली भान्सा)का सञ्चालक आशिष वन लगायतले मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक झापाका प्रवेश कटवाल, खेलाडीहरु विशाल राई ‘बी’ र योगेश गुरुङ, देवेन्द्र तामाङ, विमानप्रसाद राई, रेजिन सुब्बा, विशाल राई ‘ए’, स्ट्राइकर विमल घर्तीमगर लगायतका खेलाडीलाई सम्मान गरेको वीरता जेसीजका दिवाकर प्रसाईंले जानकारी दिए ।

झापाको शिवसताक्षीमा जारी सताक्षी गोल्डकप खेल्न आएका उनीहरुलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको तामा (नेपाली भान्सा)का सञ्चालक तथा युवा व्यवसायी आशिष वनले बताए ।

कार्यक्रममा मच्छिन्द्र क्लवका प्रशिक्षक प्रवेश कटुवालले सम्मानले आफूहरुलाई हौसला मिलेको बताए ।
कार्यक्रमको सहजीकरण वीरता जेसीजका दिवाकरलाल चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here