अपाङ्गता भएका व्यक्तिलाई सहयोग सामाग्री वितरण

0
543

दुहागढी ।

मेचीनगर नगरपालिका १४ नं. वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ ।

बिहिवार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच स्थानीय ग्रामिण अपाङ्गता पुर्नस्थापना समितिले सहयोग सामाग्री वितरण गरेको हो । कार्यक्रममा वडा कार्यालयको सहयोगमा २ जनालाई ह्वील चेयर, ३ जनालाई छडी र ४० जनालाई झुल प्रदान गरिएको थियो ।

मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेल, कार्यपालिका सदस्य विन्दा प्रसाई र नगर परिसद सदस्य लाल मोहम्मद मियाले संयुक्त रुपमा सामाग्री वितरण गरेका थिए ।

ग्रामिण अपाङ्गता पुर्नस्थापना समितिका अध्यक्ष चन्द्र प्रकास लिम्वुको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई स्वागत समितिकी सचिव निला भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here