एसेन्ट एकाडेमीको १८ औं वार्षिकोत्सव

0
799

बिर्तामोड ।

झापाको बिर्तामोड २ मा रहेको एसेन्ट एकाडेमीको १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालयकी प्रिन्सिपल रेखा भण्डारीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रिन्सिपल रेखा भण्डारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका सञ्चालक आलोक कार्कीले विद्यालयको गतिविधी र भावी योजनामाथी प्रकाश पारेका थिए ।

उनले विर्तामोडमा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टले एसेन्ट एकाडेमीसंग सहकार्य गर्दै आगामी शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनमा एसेन्ट एकाडेमी सञ्चालनमा ल्याउने बताए । उनले विद्यार्थीलाई खेल्दै सिक्दै गर्ने वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिने वताए ।

कार्यक्रममा विद्यार्थीले राइम्स, गीत, नृत्य, नाटक, प्रस्तुत गरेका थिए भने इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीले नृत्य ,गीत , विभिन्न जातजातिका पोशाकमा फेसन सो, प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विर्तामोड नगरपालिकाका पूर्व नगर शिक्षा अधिकृत युवराज पाण्डे, एसेन्ट एकाडेमीका विद्यार्थीहरु श्रेया शिवाकोटी, शुशिल खनाल, इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टकी समिक्षा अधिकारीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा खेलकुदका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने वर्ष उत्कृष्ट शिक्षक जर्नादन दाहाल, वर्ष उत्कृष्ट विद्यार्थी पवित्रा पुरी, अनुशासित विद्यार्थी सलिना टुडु , नियमित आउने विद्यार्थी सुसान्त खनाल र सफा भएर आउने विद्यार्थी रेनुका राजवंशीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका सञ्चालक निर्मल निरौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सञचारकर्मी उर्मिला दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here