सरस्वतीमा एसईई लक्षित कार्यक्रम

१३ फाल्गुन २०७६, मंगलवार मा प्रकाशित

गोबिन्द पौडेल / रोङ । 

इलामको रोङ ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालयले एसईई लक्षित अध्यापन शुरु गरेको छ ।

बिद्यालयमा बिषयगत शिक्षक अभाव रहेको भएपनि अभिभावकहरुको सहयोग र सल्लाह अनुसार नीजि श्रोतबाट शिक्षकको ब्यवस्थापन गरी बिद्यार्थीहरुलाई बिद्यालयमा आवासिय ब्यवस्थागरी पठन पाठनको ब्यवस्था गरिएको हो । गणित, विज्ञान र अंग्रेजी बिषयका शिक्षकहरु बिद्याथीसगै बस्नेगरी पठन पाठनको ब्यवस्था गरिएको बिद्यालयका प्रधानाध्यापक डुकराज पौडेलले बताए ।

बिद्यालयमा बसुन्जेल खानाको लागि सामुहिक ब्यवस्था अभिभावकहरुले नै गर्ने र बिद्याथीलाई सारो गारो परेको अभ्यासहरु शिक्षकले सहजीकरण गरिदिने भएकोले नतिजामा सुधार आउने अपेक्षा रहेको अभिभावक नरवीर राइले बताए । यो बर्ष २२ जना बिद्यार्थीहरु एसईई को तयारीमा रहेको, २०६८ सालदेखी नेपाल सरकारबाट अनुमती पाएर संचालित सो बिद्यालयमा अहिलेसम्म माध्यामिक तहको बिज्ञान बिषयको एकमात्र शिक्षक दरबन्दी रहेको भएपनि गत चैत्रबाट नै शिक्षक नहुदा खाली रहेका छ ।

बिद्यालयमा बिषयगत शिक्षक नभएपनि बिद्याथीहरुको पठन पाठनको लागि बिद्यालयले जसरी पनि बिद्यार्थीको भबिष्यको बारेमा सकरात्मक सोच राख्नु पर्ने भएकोले आवासिय पठनपाठनको ब्यवस्था गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशर प्रधानले बताए ।

बिषय गत शिक्षकको ब्यवस्था गर्न बिद्यालयले हरेक सरकार र निकायमा अनुरोध गर्दापनि हालसम्म शिक्षकको ब्यवस्था हुन नसकेकोले बिद्यालय सेवा क्षेत्रका अभिभावकहरुलाई मारपर्ने गरेको बिद्यालयको गुनासो रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here