९ सय ३८ ज्येष्ठ नागरिकलाई सम्मान

१३ फाल्गुन २०७६, मंगलवार मा प्रकाशित

गोबिन्द पौडेल / रोङ ।

रोङ गाउँपालिकाले ९ सय ३८ जना जेष्ट नागरिकहरुलाई सम्मान गरेको छ ।

समाजका प्रेरणाका श्रोत र मार्ग निर्देशक मानिने ७० बर्ष माथिका नागरिकहरुलाइ हरेक टोलमा नै पुगेर गाउपालिकाले न्यानो कपडा र सम्मान पत्रका साथमा सम्मान गरेको थियो गत पुष १८ गतेबाट २६ गतेसम्म गरिएको जेष्ट नागरिक सम्मान कार्यक्रम मा रोङ १ मा १ सय ५० जना , रोङ २ मा १ सय ६४ जनालाई सम्मान गरेको हो ।

यसैगरी वडा नं ३ मा १ सय ६८, वडा नं ४ मा ९८, वडा नं ५ मा १ सय ४१ र वडा नं ६ मा २ सय १७ जना ज्येष्ठ नागरिकलाइ सम्मान गरिएको महिला तथा वालबालिका शाखा प्रमुख रेनुका राईले बताए ।

आफुहरुलाइ यो उमेर हुँदापनि गाउँपालिकाले सम्झिएकोमा खुसी लागेको रोङ ६ का ज्येष्ठ नागरिक शेरबहादुर घिमिरेले बताए । गाउँपालिकाले हरेक नागरिकलाई समान ब्यवहार गर्दै प्रेरणाको श्रोत मानिएको ज्येष्ठ नागरिकसंग एकदिन भेटघाट र उहाँहरुको कदर गर्ने मौका मिलेको र यो क्रम आगामी बर्ष निरन्तर चल्ने गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राइले बताइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here