रोजाइमा बेतका सामग्री

0
2498

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल

बिर्तामोड,

गोपाल दास विगत चार वर्षदेखि झापाको काँकरभिट्टामा बेत बाँसका समाग्री निर्माण गर्छन् । उनी भारतीय नागरिक हुन् । भारतको सिलगडीस्थित सेवकमोडका उनले बेतका विभिन्न सामग्री निर्माण गरेर मासिक ३० ÷४० हजार रुपैयाँ बचत गर्दै आएका छन् ।

विगत ३० वर्षदेखि बेतबासका विभिन्न सामग्री बनाउँदै आएका उनले भारतमा भन्दा नेपालमा कमाई राम्रो हुने बुझेपछि उनी चार बर्ष अघि नेपाल भित्रिएका थिए । सानै उमेरबाट सिलिगुढीमा वेतका विभिन्न साम्रगी बनाउन सिकेका उनले लामो समयसम्म भारतका विभिन्न ठाउँमा काम गरे । तर, भारतमा भन्दा नेपालमा ज्याला धेरै पाइने भएपछि उनी अहिले काँकरभिट्टास्थित मुक्ति श्रेष्ठको मेची वेत बास उद्योगमा काम गर्छन् । उनी मात्र होइन सोही ठाउँका कृष्ण दासपनि सोही उद्योगमा काम गर्दै आएका छन् ।

पछिल्लो समय वेतका सामग्रीले बजार पाएपछि मेचीनगर – ६ काँकरभिट्टामा झण्डै दर्जनको हाराहारीमा वेतका सामग्री बनाउने उद्योग सञ्चालनमा छन् । ति उद्योगले दिनहुँ बेतका सामग्री निर्माण गर्दै बजारको मगलाई धानिरहेका छन् ।
विगत डेढ बर्षदेखि मेची बेत वास उद्योग सञ्चालन गर्दै आएका श्रेष्ठले भारतीय कालिगढ लगाएर भएपनि बजारको माग धानिरहेका छन् । बेतको सामग्री निर्माण गर्ने नेपाली कालिगढ नहुँदा श्रेष्ठ जस्तै भारतीय कालिगढको प्रयोग गर्दै अधिकांश उद्योगले बेतका सामग्री निर्माण गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
परम्परागत शिल्पकलामा घर बनाउन, कृषि कार्यसँगै जीविकोपार्जनका लागि विभिन्न सामान बनाउन बाँस र बेतको प्रयोग गरिन्थ्यो । अहिले डोका, डाला, नाङ्लो, मान्द्रोलगायतका सामान मात्र होइन आकर्षक र आधुनिक फर्निचर निर्माणमा समेत बाँस र बेतको प्रयोग बढ्दो छ । सजावटमा बाँस र बेतको प्रयोगलाई एशियाकै पुरानो कला पनि मानिन्छ ।
मेचीनगरपालिका – ६ का श्रेष्ठले घरमा प्रयोग हुने टेबल, कुर्सी, ¥याक, ह्याङ्गर, फूड बास्केट, कोक्रा, मुढा आदि सामग्री भारतीय कालिगढको प्रयोग गर्दै बनाएका छन् । उनले तयार गरेका सबै सामग्री पूर्बका बजारमा खपत हुने गरेको छ ।
बेत बाँसका फर्निचरहरू लोकप्रिय हुँदै गएपछि अहिले काँकरभिट्टा मात्र होइन बिर्तामोड लगायतका वजारमा पनि उद्योगहरू खुल्न थालेका छन् ।
वेतका सामग्रीको प्रयोगले घर तथा होटलको सजावट राम्रो देखिने भएकाले अधिकांशले अहिले वेतको सामग्री प्रयोग गर्दै आएको श्रेष्ठको भनाई छ । अहिले नयाँ डिजाइनमा खुलेका अधिकांश होटलले समेत बेतका सामग्री प्रयोग गर्दै आएका छन् ।
बेतका सामग्री प्रयोग गर्ने होटल सञ्चालक मध्ये बिर्तामोडस्थित होटल हेवनका सञ्चालक राजु न्योपाने पनि एक हुन् । वेत बासबाट निर्मित सामग्री पानीले भिजेपनि केही नहुने भएकाले आफूले अधिकांश फर्निचरका सामग्री वेतको प्रयोग गरेको बताएका छन् ।
नेपालमा पानी वेत मात्र पाइने हुँदा अधिकांश वेत बाँस भारतको आसामबाट नेपाल भित्रन्छ । कालिगढ पनि भारतीय बेतवासपनि भारतीय मेची बेत वाँस उद्योगका सञ्चालक श्रेष्ठ भन्छन् – थोरै मार्जिनमा पनि हामीले काम गर्दै आएका छैं ।
बेतका सामग्रीको वजार राम्रो भएकाले आफूले यो व्यवसाय सञ्चालन गरेको बताउँदै उनी भन्छन् –‘नेपालमै बेत वास पर्याप्त पाइने भए नेपालीले बेतका विभिन्न सामग्री तयार गरेर पर्याप्त आम्दानी गर्न सक्ने थिए । तर, बेत पनि भारतीय कालिगढ पनि भारतीय हुँदा यहाँका उद्योग सञ्चालकले थोरै मुनाफामा काम गर्नु पर्ने अबस्था छ ।’
भारतबाट आएका कालिगढले बेतको सोफा सेट बनाएको दश हजार रुपैयाँ लिन्छन् श्रेष्ठले भने – वास खरिदमा पनि त्यतीनै रुपैयाँ लाग्छ । ३० देखि ३५ हजार रुपैयाँमा हामीले सोफा सेट सहित टेवल पनि दिनु पर्छ ।’
भारतबाट आएका कालिगढले श्रेष्ठ सहित मेचीनगरका अधिकांश वेत वास उद्योगमा ज्यालामा काम गर्छन् । उनीहरुले ज्यालादारी गरेरै भएपनि मासिक ३० देखि ५० हजार रुपैयाँसम्म लाने गरेका छन् । मेचीनगरमा झण्डै ५० जनाको हाराहारीमा भारतीय कालिगढ कार्यरत रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here