होलीमा उच्छृङ्खल गतिविधि गर्ने झापामा ६ जना पक्राउ,

0
625

झापा,

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ६ जनासहित २७४ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । झापा जिल्लाका विभिन्न स्थानीय तहमा उच्छृङ्खल गतिविधि गर्ने ६ जनासहित २७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उच्छृङ्खल गतिविधि गर्ने ६ जनालाई मङ्गलवार साँझ चेतावनी दिएर छाडिदिएको उनले बताए ।


भद्रपुर, बिर्तामोड, दमक, मेचीनगर लगायत क्षेत्रबाट २७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए । उनका अनुसार एउटा ट्रयाक्टर, चार वटा कार, दुई वटा टेम्पो र २६७ वटा मोटरसाइकल र स्कुटर नियन्त्रण लिएको हो ।
‘मोटरसाइकल र स्कुटरमध्ये १०२ वटा मापसे चेकचाँज र १६५ वटा तीन जना सवार, बिना हेलमेटको हो,’ उनले भने ।’
‘सबै भन्दा बढी सवारीसाधन बिर्तामोड र दमकबाट नियन्त्रणमा लिएको थियौ,’ उनले भने, ‘९० प्रतिशत सवारीसाधनलाई जरिवाना तिराएर छाडिसकेका छौ भने १० प्रतिशत सवारीसाधन प्रहरी नियन्त्रणमै छ ।’
कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण फैलिने त्रासलाई लक्षित गरी होलीमा उच्च सुरक्षा सतर्कता अपनाउँदै लाइभ कन्सर्टसहित भिडभाड गर्न नदिने प्रहरी कार्यालय झापाले आव्हान गरेसँगै यसबर्ष जिल्लामा होली शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here