‘लप्पन छप्पन २’ गीतमा शिवदेखि सौगातसम्मको डान्स (भिडियो)

0
873

काठमाण्डौ,

आउँदो बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको मुकुन्द्र भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर छ । नरेशनाथ योगीको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनाइएको छ । अडियो भने औसत छ ।

मिस्टर आरजेसँगै फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीलगायत गीतमा फिचर्ड छन् । सौगात भिन्न लुक्समा देखिएका छन् । यो फिल्मबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । गीतमा उनलाई पनि देख्न सकिन्छ । आना ढकाल र श्रृजना सिनाले पनि यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् ।

फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथा अमित शर्माले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । फिल्ममा हिमाल केसी र निर्देशक भट्टले एक्सन कोरियोग्राफी गरेका छन् ।

निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादन रहेको फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् ।-फिल्मीखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here