आफ्नै कार्यालयभित्र मास्क उत्पादन गर्दै प्रहरी

0
759

बिर्तामोड ।

कोरोना भाइसले विश्वभर महामारीको रुप लिइरहेका बेला जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ ।

कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागिएको हो । जिल्लामा एक हजार बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।

बजारमा मास्कको अभाव भएपछि प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

प्रहरी कार्यालय झापाले जिल्लाको प्रत्येक प्रहरी कार्यालयको गेट अगाडी हात धुने व्यवस्था पनि गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here