वर्षात नहुँदै राँके-भेडेटार सडक प्रति स्थानीयको चिन्ता

0
1209

युद्धबहादुर बोहोरा / पाँचथर।

राष्ट्रिय गौरवको परियोजना राँके-भेडेटार सडक कालोपत्र गर्नको लागि संरचना निर्माण कार्य थालिएको करिब एक वर्ष पुगेको छ। बाटो कालोपत्र पछि १ नम्बर प्रदेश अन्तर्गतका इलाम,पाँचथर,झापा मोरङ्ग,तेह्रथुम लगायतका धेरै जिल्लाहरु जोडिने छन्।

यस भूगोलका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले उनीहरुमा खुसियाली छाए संगै विगत वर्षमा हिलाम्मे सडकको सास्ती भोग्दै आएका स्थानीय’अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्किँदा तर्सन्छ’ भने झैं वर्षा शुरु हुनु पहिल्यै यातायातमा कष्ट हुने आशंका गर्न थालेका छन्।

राँके देखि रवि सम्मको बाटो मटाइलो भएका कारण थोरै पानी पर्न साथ चिप्लो हुने गर्द्छ।जेठ देखि भदौ महिना सम्म लगभग चार महिना कठिन समय झेल्नु पर्दा यस सडकको यात्रा गर्ने हरेक यात्रु पीडित भएको महसुस गर्दछ्न्। व्यापारी हुन् या विरामी ओसार्ने एम्बुलेन्स तथा यातायात व्यावसायि र यात्रुहरुको व्यथा एउटै छ। सबैको अपेक्षा छिटो सडक कालोपत्र भइ दिए हुन्थ्यो भन्ने नै हो।

यस क्षेत्रमा दैनिक एक सय ५० भन्दा बढि सवारी साधन आवत-जावत गर्दछ्न्।अलैंची,अदुवा,कुचो,दुध,काठ,लोक्ता र अन्य जडिबुटी तथा कृषिजन्य सामान निर्यात हुन्छ। तराईबाट दैनिक उपभोग्य सामान,लत्ताकपडा,औषधि,निर्माण सामाग्री आयत गर्न यहीँ मार्गको उपयोग गर्ने गरिन्छ।

यता,सडकमा कार्यरत कन्सल्टेन्सी इन्जिनियर अनिरुद्रकुमार ठाकुरले हिउँदे सिजनको जस्तो यातायात सहज नहुने बताएका छन्।’केही पाउँन केहि त गुमानु पर्ने’ बताउँदै, हामी निरन्तर यातायात आवागमलाई सहज बनाउन हरेक साइडमा जेसिभी,ट्रिफर र आवस्यक मेसिन तयारी राख्ने छौँ।

उनले भने,अति संवेदनशिल ठाँउमा तत्काल ग्रावेल र रोडा विछ्याएर सवारी सुचारु गर्न पहल गर्ने योजना छ चिन्ता नलिनु होस्। यसैबीच,सडकको विभिन्न खण्डमा काम गर्ने स्थानीय ठेक्केदार कम्पनीलाई पेटि ठेक्केदारले रकम भुक्तानि गर्न आनाकानी गर्दा उनीहरुसंग असन्तुष्ट रहेको तीनजुरे निर्माण सेवाका सञ्चालक दिपेश बोहोराले गुनासो गरेका छन्।

उनले भने,काम गरे अनुसारको रकम १५/१५ दिनमा भुक्तानी गर्ने सम्झौता भइ काम शुरु गरे तापनि समय रकम नपाउँदा कामदारको पारिश्रमिक दिन कठिन तथा निर्माण कार्यमा ढिलाइ भएको जनाए। हाल बाटोको ग्रेडिङ्ग तथा स्टक्चर निर्माण हुँदै गरे तापनि उदेश्य अनुसारको कामको रफ्तार नभएकोले समयमै काम सम्पन्न हुन्छ वा हुँदैन अलमल्ल छन्।

केहि महिना अघि भौतिक निर्माण तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले स्थलगत अनुगमन गर्दा सडक संग जोडिएका जिल्ला,स्थानीय तह र सरोकारवालालाई परियोजनाको मापदण्ड अनुसारको काममा सबैले चासो राख्न निर्देशन दिँदै कामको गतिविधि बारे फिल्डमा छलफल गरेका थिए।

वर्तमान नेपाल सरकारको भौतिक निर्माण तथा यातायात मन्त्रालय सम्हालेका मन्त्री नेम्बाङले लामो समय सम्म अलपत्र भएका राजधानी तथा पुर्व देखि पश्चिम सम्मका सडक तथा पुलको मुहार फेर्दै आस लाग्दो परिणाम देखाएका अवस्थामा आफ्नो गृह जिल्ला संग जोडिएको यो सडक समयमै निर्माण सम्पन्न गराउन जोड दिनु समेत स्थानीयले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here