भारतीय गायिका कणिका कपूरलाई काेरोना भाइरस

0
707

काठमाण्डौ,

*

भारतकी चर्चित गायिका कणिका कपूरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसकाे सङ्क्रमण देखिएपछि कनिकालाई लखनउको केजीएमयूको आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

गायिका स्वयंले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरस सङ्क्रमण भएकाे जानकारी दिएकी हुन् । कणिका कपूर गएकाे मार्च १५ मा लण्डनबाट भारत फर्किएकी थिइन । भारतीय सञ्चारमाध्यमका अनुसार भारत फर्किए लगत्तै कनिकाले एक होटलमा भव्य पार्टी समेत दिएकी थिइन ।

पार्टीमा करिब ५०० मानिसहरुको सहभागिता रहेकाे थियो । कनिकालाई कोभिड १९ पोजेटिभ देखिएपछि स्वास्थ्य विभागले कनिकाको पार्टीमा सहभागी भएका मानिसहरुको खोजी गरिरहेको छ । पार्टीमा सहभागी भएका सम्पूर्ण व्यक्तिहरुको जाँच गरिने तथा कोरोनाको लक्षण देखिए निगरानीमा राखिने बताइएको छ ।

कनिकाले इन्स्टाग्राममार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएकी हुन् । आफू भारत फर्किएको ४ दिनपछि मात्रै फ्लूको लक्षण देखिएपछि जाँच गराउँदा काेराेना भाइरस पोजेटिभ देखिएको बताएकी छिन्।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here