इलाम ।
इलाम नगरपालिका–९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
शनिवार दिउँसो १ बजेको समयमा घरमा खेलिरहेका नावालक अचानक घर नजिकैको माछा पोखरीमा डुबिरहेको देखि अभिभावकले उपचारको लागी जिल्ला अस्पताल इलाम लगेकोमा उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































