स्वास्थ्यकर्मीहरुलाई मास्क वितरण

0
832

विर्तामोड।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बिर्तामोड नगरपालिका स्वास्थ्य शाखामा आवद्ध स्वास्थ्यकर्मीहरुलाई मास्क वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिमको कुनै परवाह नगरी कार्यक्षेत्रमा खट्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखामा आवद्ध स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क वितरण गरेको रोट्रयाक्ट क्लब अफ बिर्तामोडका सचिव बसन्त ढकालले बताए ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष राज मुखियाको नेतृत्वमा गएको टोलीले बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी ,उपप्रमुख पवित्रा महतारा प्रसाईं , बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओम खड्कालार्ई एक सय थान मास्क हस्तान्तरण गरेको थियो ।

क्लवले बिर्तावजारस्थित दुर्गा मन्दिरमा पानीको ट्याङ्की र साबुन राखेर हात धुने कार्यक्रम सञ्चालन गरिरहेको सचिव ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here