फिदिम नगरपालिकाले मजदुरलाई खानपिनको व्यवस्था गर्ने

0
633

मिक्लाजुङ,

पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्र आसपासमा काम गर्ने मजदुरको तथ्याङ्क सङ्कलन गर्दैछ ।

दिनभरि ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरको अभिलेख सङ्कलन गरेर उनीहरुलाई खानपिनको व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताउनुभयो ।

कोरोना भाइरसका कारण मजदुरीमा जान नपाएपछि बिहान बेलुका हातमुख जोड्न समस्या हुने भएकाले उनीहरुलाई नगरपालिकाको सम्पर्कमा रहन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here