दूर शिक्षा र प्रविधिमा आधारित सिकाइमा जोड

१४ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

काठमाडौँ,

शिक्षा अधिकारमा क्रियाशील संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले कोरोना भाइसरको विश्वव्यापी महामारीका कारण घरमै रहन बाध्य बालबालिकालाई सरकारले दूर शिक्षा र प्रविधिमा आधारित सिकाइ प्रणालीबाट शिक्षा दिन आग्रह गरेको छ ।

घरभित्र मात्र सीमित रहनु पर्दा उनीहरुका लागि उकुसमुकुसको वातावरण सिर्जना हुने भएकाले विपद्को अवस्थामा समेत बालबालिकोका शिक्षा पाउने अधिकारबाट वञ्चित हुन नहुनेमा सो अभियानले जोड दिएको हो ।

अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी आफू स्वयम् सुरक्षित रहँदै हामी नागरिक समाजका प्रतिनिधिहरुले सरकारलाई आलोचनात्क तथा रचनात्मक सहयोग गर्ने र सचेतना अभियानमा संलग्न हुन अत्यावश्यक देखिएको पनि जनाउनुभएको छ ।

छिमेकी मुलुक भारत, चीनलगायत अन्य प्रभावित देशहरुबाट फर्किएका नागरिक अनिवार्य होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी आह्वानबमोजिम उनीहरु बसे वा नबसेको अनुगमन गरी स्थानीय सरकारलाई सहयोग गर्न, बालबालिकाको सिकाइलाई निरन्तरता दिन सरकारले के कस्ता कदम चालेका छन् भन्नेबारेमा अनुगमन गरी बालकेन्द्रित सिकाइलाई थप प्रभावकारी बनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here