झापामा सबै ग्रुपको रगत अभाव

0
587

झापा, सरकारी तथा नीजि अस्पतालको पर्याप्त पहुँच भएको झापामा मासिक ८ सयदेखि साढे आठसय पिन्टसम्म रगतको माग हुने गरेको छ ।

जुन रगत रक्तदातहरुबाटै संकलन भएर माग आपूर्ति हुने हो । तुलनात्मक रुपमा हिउँद वा वर्खा रगत माग उस्तै उस्तै हुने भएपनि निम्तिन सक्ने विभिन्न प्रकृतिका महामारीलाई दृष्टिगत रगतलाई संचिती गर्नुपर्ने हुन्छ ।
रगतको मागबारे नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भन्नुभयो– ‘सरदर उस्तै हो,डाइलोसिसको केसले गर्दा, माहामारीको समयमा चै बढी हुन्छ, जस्तै स् डेङ्गोको महामारी, अन्य बेला भन्दा माग अधिक थियो ।’

झापाका अस्पतालमा आएका विरामीका लागि आवश्यक पर्ने रगतको माग अनुसार व्यवस्थापन तथा संकलनको प्राविधिकसहितको संयोजन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ ।
यतिबेला नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएसंगै रेडक्रसको आह््रवानमा झापाको काँकरभिट्टामा शुक्रबार रक्तदान सम्पन्न भएको छ ।

मेचीनगरको स्वास्थ्य क्लिनिकको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी झापाको सहयोगमा सञ्चालित रक्तदानमा नौजना महिलासहित ५४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी झापाको रक्ता संचार इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण जोखिमका कारण रक्तदान हुन सकिरहेको थिएन ।
रक्तसंचार केन्द्रमा हाल ए र ओ पोजेटिभ ग्रुपको रगत थोरै मात्रामा भएपनि शुक्रबार संकलित रगतमा बि पोजेटिभ ग्रुप नभेटिए भोलीदेखि उक्त ग्रुपको रगत समेत अभाव हुने रक्त संचार इन्चार्ज दाहालले जानकारी दिनुभयो ।

झापामा रगतको माग र रगत संचितीको अवस्थाबारे रक्त संचार इन्चार्ज दाहालले भन्नुभयो–‘मासिक आठदेखि आढे आठसय पिन्टसम्म रगत माग हुने गरेको छ, हामीसंग ओ प्लस अलि अलि भएपनि ए प्लस सटेज छ, आज ९शुक्रबार० को रगतमा बी प्लस भेटिएन भने भोलीदेखि दिन सक्ने अवस्था छैन ।’

तर रेडक्रसको आह््वान पछि शुक्रबार पहिलो पटक मेचीनगरमा रक्तदान गरिएको हो । मेचीनगरकै भृकुटी र बाहुनडाँगीमा शनिबार एकैदिन रक्तादान कार्यक्रम राखिएको दाहालले जानकारी दिनुभयो ।

रक्तदानका लागि रेडक्रसले गरेको रक्तदान आह््वानप्रति सबैले चासो देखाएपनि कोरोना भाइरसका कारण रक्तदानमा पनि सतर्कता अपनाउँदै शहरी क्षेत्र आसपासका रक्तदातालाई सम्पर्कमा रहन आग्रह गरिएको शाखाका सभापति ढकालले जानकारी दिएको जनआन्दोल अनलाइन पोर्टलमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here