४५ हजार परिवारलाई घर– घरमै राहत सामग्री

0
786

सुरेन्द्र भण्डारी
झापा,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि नेपाललाई लकडाउन गरेसंगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाढ्न व्यस्त छन् ।
आठ नगरपालिका सहित १५ वटा स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई राहत बाढ्ने तयारी भएको छ । कतिपय स्थानीय तहले विपन्न परिवारका लागि पहिलो चरणको राहत सामग्री बितरण गरिसकेका छन् भने कतिपय स्थानीय तहले राहत बाढ्ने तयारी गरिरहेका छन् ।

झापामा रहेका स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै विपन्न परिवार रहेको पाइएको छ । बिर्तामोड नगरपालिकामा छ हजार आठसय विपन्न परिवार रहेको बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
त्यस्तै झापा गाउँपालिकामा पाँच हजार विपन्न परिवार रहेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । भद्रपुर नगरपालिका चार हजार दुई सय परिवार विपन्न रहेको र शिवसताक्षी नगरपालिकामा पनि चार हजार घर परिवार विपन्न रहेको बताइएको छ ।

कोभिड १९ को संक्रमण फैलन नदिन १४ दिनदेखि लकडाउन भएसंगै अहिले जनप्रतिनिधि स्थानीयको घर–घर पुगेर विपन्न परिवारको पहिचान गर्दै उनीहरुलाई राहत बितरण गरिरहेका छन् । आफ्ना पालिका भित्र बसोवास गर्ने सबै विपन्न परिवारलाई न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने भन्दै सबै स्थानीय तहका जनप्रतिनिधि वडा कार्यालय र टोल विकास संस्था मार्फत विपन्नको पहिचान गर्दै राहत सामग्री घर घरमै पु¥याएरहेका छन् । स्थानीय तह नै पिच्छे आ– आफ्नै मापदण्ड र नियम बनाएर विपन्न वर्ग र मजदुरको पहिचान गर्दै राहत सामग्री बितरण गरिदैछ । जसमो विभिन्न संघ संस्थाको समेत सहयोग रहेको छ । कतिपय स्थानीय तहले एकद्वार प्रणाली अपनाएर राहत वितरण गरिरहेका छन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार ज्याला मजदुरी गरेर गुजारा चलाउनेका लागि अहिले समस्या भएको छ उनीहरुलाई लक्षित गर्दै नगरले पहिलो चरणमा राहत वितरण गरेको हो । वडाको सिफारिसमा अहिले कनकाई नगरपालिकाले राहत वितरण गरिरहेको छ अध्यक्ष पोखरेलले भन्नुभयो – यो राहतको पहिलो चरण हो हामीकहाँ भएका विपन्न परिवारहरु अझैं थपघट हुन सक्छन् ।

हल्दिवारी गाउँपालिकाले भने आफ्नो गाउँपालिका भित्र तत्काल हातमुख जोड्न नै समस्या भइहाल्ने परिवार नभएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले हामी कोरोना भाइरस संक्रमणको पहिलो चरण पूरा गरेर दोस्रो चरणमा मात्रै प्रवेश गरेका छौं,यो तीन चार चरणसम्म जान सक्छ त्यसका लागि हामी पूर्व तयारीमा जुटेका छौं ।
‘अहिले हामी जनप्रतिनिधि विपन्न परिवारको बारेमा तथ्याङ्क संकलन गर्दैछौं’ अध्यक्ष लिङ्देनले भन्नुभयो – ‘दुई सात लकडाउन हुँदा खान नपाएर हल्दिवारी गाउँपालिकामा कोहीपनि मरिहाल्ने अवस्था छैन, अ‍ैचो पैचो गाउँघरमा चल्छ, त्यसकारण हामीले अहिले राहत बाढेका छैनौं, कोरोनाको संक्रमण अझ फैलिदै गए र लकडाउन लम्बिए कोहीपनि हल्दिवारी गाउँपालिकाबासीलाई हामी भोकैं राख्दैनौं ।’

झापाका स्थानीय तहले छुट्टा छुट्टै विपद् व्यवस्थापन कोष खडा गरेका छन् । कोष मार्फत नै विपद् व्यवस्थापनका लागि तयारी सहित राहत वितरणको काम गरिरहेको बताइन्छ ।

बिपन्न परिवारका लागि ४ देखि ५० केजीसम्म राहत सामग्री

झापाका स्थानीय तहले विपन्न परिवारको संख्या हेरेर न्यूनतम एक सातादेखि एक महिनासम्मका लागि राहत सामग्री उपलब्ध गराएका छन् । प्रतिपरिवार ४ केजी देखि ५० केजीसम्म विपन्न परिवारका लागि राहत सामग्री उपलब्ध गराउँदै आएको पाइएको छ । दमक नगरपालिकाले परिवार हेरेर १० केजीदेखि ५० केजीसम्म राहतका सामग्री उपलब्ध गराउँदै आएको दमक नगरप्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो – हामी सवैलाई परिवार संख्या हेरेर १० केजीदेखि ५० केजीसम्म चामल, सोही अनुसार दुई केजीसम्म दाल,खानेतेल,नून, हातधुने सावुन, चिउरा लगायतका खाद्य सामग्री बितरण गरिरहेका छौं । जसका लागि दमक नगरपालिकले ६७ हजार ६ सय केजी चामल खरिद गरेको छ ।

यता बिर्तामोड नगरपालिकाले चारदेखि ३० केजीसम्म चामल बितरण गरिरहेको छ । नगरले एकद्वार प्रणाली अपनाएर प्रतिव्यक्ति चारकेजी चामल बढ्रीमा ३० केजीसम्म,दुई जनाको परिवारलाई आधा केजी दाल,त्यो भन्दा बढी परिवारसंख्या भए एक केजी दाल त्यस्तै एक केजी नून समेत प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here