नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, उदयपुरमा थप ११ जना भेटिए

0
901

काठमाडौं,

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ यसबारेमा जानकारी दिएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै कैलालीपछि उदयपुरमा पनि कोरोनाको स्थानीय संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुरको भुल्केमा ९ जना पुरुष र २ जना महिलासहित ११ जना नयाँ संक्रमित भेटिएका हुन्।

यसअघि कैलालीकी एक महिलामा स्थानीय संक्रमण भएको थियो। उनमा दुबईबाट आफन्त युवकबाट कोरोना संक्रमण भएको थियो। उदयपुरको भुल्केमा भारतबाट आएका जमातीहरुको समूहबाट स्थानीयबासीमा कोरोना फैलिएको हो।

उदयपुरबाट संकलित स्वाब कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि मंगलबार बिहानैै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणका लागि ल्याइएको थियो । ‘प्रतिष्ठानमा परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको हो’, मन्त्रालयले भनेको छ।

यसअघि मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरकै भुल्केका एकजनामा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए। भुल्केस्थित मस्जिदमा बसेका १६ मध्ये १२ जनामा गत ५ वैशाखमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप दुईजनामा समेत पोजेटिभ देखिइसकेको छ। भुल्केमा मात्रै २४ जना कोरोना संक्रमित भेटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here