चट्याङले लागेर ५ जना घाईते केही चौपायाको मृत्यु

0
566

विराटनगर।

१ नम्बर प्रदेशका बिभिन्न स्थानमा बर्षासंगै चट्याङ पर्दा चट्याङले लागेर ५ जना घाईते भएका छन् । चट्याङ लागेर केही चौपायाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गएराती साँढे ११ बजे अचानक चट्याङ पर्दा चट्याङले लागेर चन्द्र मगर सहित श्रीमती ४८ बर्षीया मनकुमारी मगर, आमा ७० बर्षीया मनमाया मगर र छिमेकी सुमन मगर सामान्य घाईते भएका छन् ।

चट्याङले लागेर मगरको गोठमा बाधीराँखेको एउटा बाख्रा समेत मरेको छ । त्यस्तै सोही नगरपालिका–६ रिस्कुमा गएराती ११ बजे अचानक चट्याङ पर्दा स्थानीय मेनुका राईको १२ बर्षीय छोरा अस्मान राई सामान्य घाईते भएका छन् ।

चट्याङले लागेर छिमेकी खुम बहादुर राईको खोरमा रहेका ३ वटा सुंगुर र धन कुमारी राईको खोरमा रहेका २ वटा सुँगुर मरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here