स्थास्थ्यकर्मीको मृत्यु भए परिवारलाई १० लाख

0
432

खोटाङ ।

हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु १० लाख दिने निर्णय गरेको छ ।

नगरपालिकाले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहनभत्तासम्बन्धी कार्यविधि तयार बनाइ प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख राईले बताउनुभयो ।

नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

नगर परिषद्बाट विनियोजित मर्मतसम्भार कोषमा राखिएको रकमबाट रु एक लाख ५० हजार, मेलमिलाप केन्द्रको रु चार लाख र महिला सहकारी भवनको रु १० लाख बजेट रकमान्तर गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने र गत चैतयता घर आएका स्थानीयलार्ई ¥यापिड डायग्नोष्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्नेलगायतका निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here