ड्रेसमा रेष्टुरेन्ट गए पक्राउ

0
528

काठमाडौं : कजेल ड्रेसमा रेष्टुरेन्ट गए प्रहरीले पक्राउ गर्ने भएको छ । प्लस टु पढ्ने विद्यार्थीहरुमा डरलाग्दो विकृति देखिएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले अभिभावकसमेतको सुझाव लिएर यस्तो आचारसंहिता लागू गरेको हो । आचारसंहितामा पढाई भइरहेकै समयमा कलेज छाडेर ड्रेसमै होटल, रेष्टुरेन्ट, सिनेमा हललगायत अन्य मोजमस्तीका स्थलमा गए प्रहरीले पक्राउ गरी अभिभावकलाई बुझाउने व्यवस्था छ ।
उच्चमावि परिषद्ले शुक्रबार यस विषयमा थप छलफल गरी यस विषयमा कार्यान्वयन गर्न स्थानीय प्रशासन र प्रहरीमा पत्राचार गरेको छ । उच्चमावि आचार संहिता अनुगमन समितिको बैठकले यो विषयलाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय गरेको छ । यस अघि परिषदले प्लश टु का विद्यार्थीले कलेज जाँंदा आउदा मोटरसाइकिल प्रयोगमा नियन्त्रण लगाइसकेको छ ।
यसैबीच परिषद्को यो निर्णयलाई विद्यार्थीहरु, कतिपय सामाजिक अभियन्ता र अधिकारकर्मीहरुले अनावश्यक नियन्त्रण भनेका छन् । उनीहरुको तर्क छ– नियन्त्रणका लागि मानवीय अधिकार खोस्ने र उनीहरुका स्वतन्त्र चाहनामा अधिकतम बन्देज लगाउनु उचित हुँदैन miniskot