लकडाउन वैशाख २५ सम्मलाई लम्ब्याउने सरकारको निर्णय

0
451

काठमाडौं,

चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय लिएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय लिएको हो।

उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शनिबार लकडाउनलाई कम्तीमा एक साता लम्ब्याउन सिफारिस गरेको थियो। पछिल्लो समय देशका पहाडदेखि तराईका विभिन्‍न जिल्लामा कोरोना संक्रमित देखिने क्रम बढ्दै गएपछि सरकारले लकडाउनलाई पनि निरन्तरता दिएको हो।

लकडाउन लम्ब्याए पनि यसको मोडालिटीबारे सरकारले विस्तृत जानकारी दिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here