‘एकका लागि एक अभियान ’अन्तर्गत मंगलबार झापाको मेचीनगरका विभिन्न वडामा राहत सामग्री हस्तान्तरण

0
1266

मेचीनगर,

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि चारपाने झापाले विभिन्न संघ संस्थाकोे सहयोगमा शुरु गरेको ‘एकका लागि एक अभियान ’अन्तर्गत मंगलबार झापाको मेचीनगरका विभिन्न वडामा राहत सामग्री हस्तान्तरण गरिएको छ ।

संस्थाले पहिलोे चरण अन्तर्गत मेचीनगरका १५ वटा वडामध्ये नौ वटाका १ सय ७६ जनालाई राहत सामाग्री उपलब्ध गराउने छ । नोवल कोरोना भाइरस कोभिड १९ को महामारीबाट बच्नका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन बन्दाबन्दीका कारणकुनै पनि मानिस भोकै बसनु नपरोस भन्ने उद्घेश्यले पहिलो चरण अन्तर्गत बैशाख १९ गतेदेखि झापामा अभियान शुभारम्भ गरिएको संस्थाले जनाएको छ ।

अभियानकै क्रममा काँकरभिट्टास्थित संस्थाको शाखा कार्यालयमा मेचीनगरका ५,६,७ र ८ का ७५ जनालाई राहत सामाग्री प्रदान गरिएको हो । नगरको ६ नम्बर वडाका मात्र ३० जनालाई राहत सामाग्री प्रदान गरिएको इलाका प्रवन्धक मुकुन्दसेन कार्कीले जानकारी दिनुभयो ।

राहतका लागि छनौटमा परेका कुल झापामा १ हजार २ सय ५० जनालाई सामाग्री वितरण गर्ने संस्थाको योजनामा परेको छ । कार्कीका अनुसार राहत सामाग्रीमा चामल २५ केजी, दाल २ केजी, नुन २ केजी, खानेतेल १ लिटर, साबुन लुगा धुने र नुहाने १÷१ वटा छ ।

संस्थाले सम्बन्धि वडाका वडाध्यक्षसहित जनप्रतिनिधिलाई राहत सामाग्रीको कुपन हस्तानतरण गरे लगत्तै सम्बन्धित वडाले कुपन प्राप्त गरेका व्यक्तिलाई राहत सामाग्री उपलब्ध गराएको मेचीनगर वडानम्बर ५ का वडाध्यक्ष योगेन्द्र थापाले जानकारी दिनुभयो । मेचीनगर नगरपालिकासँग अभियान सञ्चालनको स्वीकृत लिएर सम्बन्धित वडा कार्यालयहरुसँग समन्वय गरेर राहत सामग्री प्रदान गरिएको हो ।

नेपाल सरकारबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता नपाउने, एकल दलित, ज्येष्ठ तथा पिछडा वर्ग, पेन्सन भत्ता नपाउने परिवार, कुनै पनि संगठित क्षेत्रमा नोकरी÷रोजगारी नगर्ने परिवार, बस्ने घरमात्र भई खेतीपाती गर्ने जग्गाजमीन नभएको परिवार, भारतदेखि बाहेक बैदेशिक रोजगारमा नगएको परिवारलाई मात्र राहतका लागि छनोट प्रक्रियाको मापदण्ड कायम गरिएको छ ।

राहत वितरण गर्ने परिवार छनोट गर्दा झापा जिल्ला अन्तर्गतका १५ वटै पालिका अन्तर्गत रहेका रेडक्रस झापाका प्रतिनिधिहरुसँग समन्वय गरिएको छ । स्थानीय तहसँगको समन्वय र सहकार्यमा राहत वितरण गरिने छ ।

नेपाल रेडक्रस सो साईटि झापा, जिल्ला सहकारी संघ झापा, गैर सरकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसिज, रोटरी क्लब मिडटाउन बिर्तामोड, राष्ट्रिय सहकारी बैंक, सहारा नेपाल, लायन्स क्लब सुरुङ्गा, नेप्लिज टिन्स, जेसिज पूर्व अध्यक्ष समाज झापा, लायन्स क्लव अफ विर्तामोड, विर्तामोड उद्योग बाणिजय संघ, मेची पेट्रोल डिलर्स एशोसिएशनलगायतका संघ संस्था अभियानमा संलग्न छन भने आर्थिक पाटो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था केन्द्रीय कार्यालय चारपाने रहेको छ ।

अभियान अन्तर्गत अर्जुनधारा, कन्काई, भद्रपुर र दमकका एक÷एक सय घर परिवार विर्तामोड नगरपालिका क्षेत्रका १ सय ५० र मेचीनगर नगरपालिकाक्षेत्रका १ सय ७६ घरपरिवारलाई राहत सामाग्री प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here