जंगली च्याउ खाँदा बुबा छोरा बिरामी

0
640

संखुवासभा ।

संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेका ४५ बर्षीय सुर्य बहादुर लिम्बु र उनको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् ।

सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here