घरघरमा मल र बीउ पु¥याउँदै साना किसान सहकारी

0
719

बनियानी,

झापा भद्रपुर नगरपालिका–४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पु¥याउन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घरघरमा पु¥याउन थालेको हो ।

किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घरघरमा मल, बीउ पु¥याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले जानकारी दिनुभयो । “सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पु¥याउन शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “लकडाउनका बेला किसानलाई केही भए पनि सहयोग मिल्ने विश्वास छ ।”

संस्थाले पहिलो चरणमा २०० बोरा डिएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । संस्थाले कृषि सामग्री संस्थान दमकस्थित कार्यालय र वीरगञ्जबाट मल, बीउ ल्याएर वितरण गरेको हो । समयमै मल, बीउ उपलब्ध गराउन नसकिए उत्पादन घट्ने भएकाले थप मल, बीउ ल्याएर वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here