भारत विरुद्ध काँकरभिट्टामा विद्यार्थीको सांकेतिक विरोध प्रर्दशन

0
1817

बिर्तामोड ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा शनिबार काँकरभिटटामा विद्यार्थीहरुले सांकेतिकरुपमा विरोध प्रदर्शन गरेका छन् ।

नेकपाको विद्यार्थीहरुको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन मेचीनगरको अगुवाईमा विद्यार्थीहरुले प्रदर्शन गरेको अखिलका झापा जिल्ला सहसंयाेजक दुर्गा धमलाले जानकारी दिनुभयो । मेचीनगर —६ काँकरभिट्टा स्थित पञ्चमुखी हनुमान परिसरबाट प्रदर्शन शुरु गर्न लाग्दा स्थानीय प्रशासनले रोक लगाए पनि सांकेतिकरुपमा मात्र विरोध प्रदर्शन गरिएको अखिलका मेचीनगर कमिटी अध्यक्ष सन्तोष धमलाले जानकारी दिनुभयो ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुञ्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरे लगत्तै यसको सर्वत्र विरोध भइरहेका बखत पूर्वीनाकाबाट समेत विद्यार्थीले सांकेतिकरुपमा विरोध प्रदर्शन गदैं खवरदारी गरेको अध्यक्ष धमलाले बताउनुभयो ।

उनीहरुले हाम्रो भूमि प्राणभन्दा प्यारो छ , भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लेखिएका पर्चा पम्प्लेट बोकेका भए पनि स्थानीय प्रशासनले कार्यक्रम गर्न नदिएपछि कुनै प्रकारको नारावााजी गरेनन् ।

प्रदर्शनमा अखिलका झापा जिल्ला सहसचिव दुर्गा धमला, अखिलका मेचीनगर कमिटी अध्यक्ष सन्तोष धमलासहित त्रिदेव क्याम्पस चारआली क्याम्पस अखिलका सचिव आशिष पौडेल, मेचीनगर कमिटी सदस्य विनोद रिमाल, वीरु मेचेलगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here