एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास रद्द

0
1054

काठमाण्डाै,

snªsL :joDe” ;8s
sf7df8f}F, !! r}t . ljZje/ km}lnPsf] sf]/f]gf efO/; -sf]le8–!(_ sf] ;+qmd0f Go”gLs/0f ug{ ;/sf/n] dªunaf/b]lv u/]sf] …ns 8fpgÚ sf sf/0f ;”g;fg snªsL b]lv :joDe” ;Ddsf] ;8s If]q . t:jL/ M k|bLk/fh jGt, /f;; . t:jL/ M k|bLk/fh jGt, /f;;

एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पास रद्द भएका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या थपिएसँगै थप कडाइ गर्नुपर्ने भएकोले सबै गाडीका पास रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । जेठ १ गतेदेखि लागू हुने गरी सबै पास रद्द गर्ने निर्णय भएको हो ।

काठमाण्डाै उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई कडाइ गरिएको उहाँले बताउनुभयो । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

सूचना विभागको परिचयपत्रको आधारमा पत्रकारहरुलाई आवत जावत गर्न दिने निर्णय पनि भएको अधिकारीले बताउनुभयो ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here