लक्ष्मी उप्रेती / मेचीनगर,

नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका नेपालीलाई नेपााल फर्काउन थालिएको छ ।
१ नम्बर प्र्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई उद्धार गरेर ल्याउनु सरकारको दायित्व भएको बताएका थिए । सोमबारदेखि स्वदेश फmर्काउने भनिएको भएको भए आवश्यक प्रक्रिया पुगेको भन्दैं सोमबार स्वदेश फर्काउन सकिएको थिएन ।
मंगलबारदेखि नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा हुदैं नेपालका विभिन्न जिल्लाका मानिसलाई नेपाल फर्काउन थालिएको हो । झापा जिल्लाको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकबल नाका नजिक आएर अलपत्र रहेका २० हजारसम्म नेपालीलाई उद्धार गरेर सुरक्षित रुपमा ल्याउन प्रदेश सरकारले प्रक्रिया थालिसकेको मन्त्री कार्कीले बताए लगत्तै कामको थालनी गरिएको छ ।
पूर्वीनाकाबाट नेपाली आसोर्न पौरवी यातायात एण्ड अटो प्रालिका सवारी साधन प्र्रयोग गरिएको छ छ । मंगलबार को १ ख ७८३९ र बा ५ ख ४४९१ नम्बरका बसले चारटिप भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा आएर बसेका नेपालीलाई नेपाल प्रवेश गराएको समाचार स्रोतले जनाएको छ । यसैगरी बुधबार ती दुईवटा बससहित को १ ख ७८३५ नम्बरको बस परिचालन गरिएको छ । स्रोतका अनुसार बसको इन्धन र चालकको भत्तामात्र लिएर सहयोग स्वरुप कम्पनिले बस दिएको हो । बसमा सेटेटाइजर गरिएको छ भने आवश्यक परे सहचालकको समेत व्यवस्था गर्ने तयारी छ ।
बसको क्षमता ४० जनाको भएपनि एकपटकमा सामाजिक दुरी कायम गरी सुरक्षितरुपमा २० जनालाई मात्र ल्याउने गरिएको स्रोतले बताएको छ । उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा बनाएका क्वारेन्टाइनसम्म पुर्याइएको बताइएको छ । यसका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई मन्त्रीले निर्देशन दिईसक्नु भएको छ ।
भारतबाट ल्याइने नेपालीहरुलाई राख्न काँकरभिट्टा माध्यमिक विद्यालय र मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर निर्माण गरिएको जानकारी प्राप्त भएको छ । फर्काइएकाहरुलाई विभिन्न क्वारेन्टाइनमा राखि स्वास्थ्य परीक्षण गरेरमात्र सम्बन्धित जिल्लामा पठाउने झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयोे ।






























