लक्ष्मी उप्रेती / मेचीनगर ।
नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका नेपालीलाई नेपााल फर्काउन थालिएको छ । १ नम्बर प्र्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई उद्धार गरेर ल्याउनु सरकारको दायित्व भएको बताउनुभएको थियो ।
गएको शनिबार झापा जिल्ला कोरोना रोकथाम समितिले भद्रपुरमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै मन्त्री कार्कीले उक्त बताएपछि सोमबारदेखि स्वदेश फmर्काउने भनिएको भएको भए आवश्यक प्रक्रिया पुगेको भन्दैं सोमबार स्वदेश फर्काउन सकिएको थिएन । दुवै देशको सरकारबाट लिखित निर्णय प्राप्त नभएका कारण नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीलाई आ आफ्नो देश फर्काउन नसकिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभएकोे थियो ।
संघीय सरकारबाट लिखितरुपमा कुनै आदेश प्राप्त नभएका कारण भारतमा रहेकका नेपालीलाई नेपाली स्वदेश नआएकोले ल्याउन नसकेको उहाँले यसअघि सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो । उहाँले गृहको आदेश नआएसम्म भारतबाट अलपत्र नेपालीहरुलाई उद्दार गरेर ल्याउन सक्ने अवस्था नभएको बताउनुभयो ।
तर, मंगलबारदेखि नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा हुदैं नेपालका विभिन्न जिल्लाका मानिसलाई नेपाल फर्काउन थालिएको हो । झापा जिल्लाको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकबल नाका नजिक आएर अलपत्र रहेका २० हजारसम्म नेपालीलाई उद्धार गरेर सुरक्षित रुपमा ल्याउन प्रदेश सरकारले प्रक्रिया थालिसकेको मन्त्री कार्कीले बताए लगत्तै कामको थालनी गरिएको छ ।
पूर्वीनाकाबाट नेपाली आसोर्न पौरवी यातायात एण्ड अटो प्रालिका सवारी साधन प्र्रयोग गरिएको छ छ । मंगलबार को १ ख ७८३९ र बा ५ ख ४४९१ नम्बरका बसले चारटिप भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा आएर बसेका नेपालीलाई नेपाल प्रवेश गराएको समाचार स्रोतले जनाएको छ । यसैगरी बुधबार ती दुईवटा बससहित को १ ख ७८३५ नम्बरको बस गरी तीनवटा बस परिचालन गरिएको छ । तीनवटा बसले तीनटिप गरिसकेको कम्पनिले जनाएको छ । स्रोतका अनुसार बसको इन्धन र चालकको भत्तामात्र लिएर सहयोग स्वरुप कम्पनिले बस दिएको हो । बसमा सेटेटाइजर गरिएको छ भने आवश्यक परे सहचालकको समेत व्यवस्था गर्ने तयारी छ ।
बसको क्षमता ४० जनाको भएपनि एकपटकमा सामाजिक दुरी कायम गरी सुरक्षितरुपमा २० जनालाई मात्र ल्याउने गरिएको स्रोतले बताएको छ । उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा बनाएका क्वारेन्टाइनसम्म पुर्याइएको बताइएको छ । यसका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई मन्त्रीले निर्देशन दिईसक्नु भएको छ ।
भारतबाट ल्याइने नेपालीहरुलाई राख्न काँकरभिट्टा माध्यमिक विद्यालय र मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर निर्माण गरिएको जानकारी प्राप्त भएको छ । भारतबाट ल्याइएकाहरुलाई नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको निश्चित गरेर मात्र उनीहरुको घर पठाइने झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयोे ।
काँकरभिट्टानाकाबाट नेपालीलाई ल्याउनु अघि बुधबार विहान काँकरभिट्टामा छलफल भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ल प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, जिल्ला समन्वय समिति झापाका प्र्मुख सोनाथ पोर्तैल, १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङसहित विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिबीच भएको छलफलले बसको व्यवस्थापनको जिम्मा मेची बस यातायात प्रालिलाई दिएको प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साँझ ५ बजेसम्म काँकरभिट्टा नाका भएर आएका नेपालीलाई भद्रपुरसम्म लैजाने र त्यसपछि आएकालाई काँकरभिट््टामै खानपिनको उचित प्रवन्ध मिलाएर मेचीनगरका विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाई छ । खानपिनको व्यवस्थापनका लागि लायन्स क्लब अफ काँकरभिट्टाका अध्यक्ष शंकर थापा र रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष मोहन निरौलाई जिम्मेवारी प्रदान गरिएको छ ।
झापा जिल्ला कोरोना रोकथाम समितिले शनिवार भद्रपुरमा विस्तारित बैठक आयोजना गरेको थियो । भारतमा रेल यातायात सञ्चालनमा आएपछि अलपत्र नेपालीहरु सीमा नजिक आइपुगेका थिए । झापाको विभिन्न सीमानाका नजिक शनिवारसम्म ८ सय ५३ जनाको विवरण सकंलन भइसकेको थियो । यो संख्या दिनानुदिन बढिरहेको छ ।
मेचीनगरका झण्डै ५ सयलाई क्वारेन्टाइनमा राखिने
नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । त्यहाँ व्यवस्थितरुपमा स्वास्थ्यकर्मीको टोली सक्रिय छ ।
लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि नगरपालिको पाि आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे । भारतलगायत अन्य मुलुकमा अध्ययन रोजगारीका लागि पुगेका करीव ५ सयभन्दा बढी मेचीनगरवासीलाई खान बस्नको उचित प्रवन्ध मिलाइएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।
उहाँका अनुसार उनीहरुलाई राख्नका लागि मेचीनगर— ११ स्थित धाइजनमा रहेको स्वास्थ्य केन्द्र्रलाई क्वारेन्टाइन बनाइएको छ । भारतलगायत अन्य देशबाट आएका नगरवासीहरुलाई सुरक्षितरुपमा क्वारेन्टाइनसम्म पुर्याइने उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।
क्वारेन्टाइनमा बसेकाहरुरुलाई विभिन्न संघ संस्थाहरुले खानाको व्यवस्था मिलाउने छन् । क्वारेन्टाइन व्यवस्थापनका लागि वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, जिन्सी शाखाका प्रेम पराजुली र एकजना जनप्रतिनिधि रहने गरी तीन सदस्यीय समिति समेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।