काठमाडाैं,

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको बाहेक नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थपिएकाहरु मकवानपुर भक्तपुर र बाराका र सप्तरीका छन्। मकवानपुरका एक जना, भत्तपुरका एक जना, सप्तरीका एक जना छन्।
त्यसैगरी बारामा ६ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ।





























