राँकेमा मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

0
15342

युद्धबहादुर बोहोरा /इलाम,

देउमाइ नगरपालिका-१,मेची राजमार्ग स्थित राँकेको चामु होटल नजिकै मोटरसाइकल दुर्घटना हुँदा आइतबार दिउँसो १:४० बजे प्रहरी हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा चिलिङ्देन प्रहरी चौकी राँकेका प्रहरी हवल्दार अन्दाजी बर्ष ३५ का नवीन बस्नेत रहेको सोही कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

झापाबाट फिदिममा जाँदै गरेको मे १ ख १८६३ नम्बरको ट्रक र राँकेबाट इलाम तर्फ जाने क्रममा मे ११ प ४६६ नम्बरको मोटरसाइकल संग एकआपसमा ठोकिँदा हवल्दार बस्नेतको घटना स्थालमै मृत्यु भएको र तत्काल जिल्ला अस्पताल इलाम लगिएको बताइएको छ।

ट्रक चालकलाई भने नियन्त्रणमा लिएको र थप विवरण आउँन बाँकी रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here