लकडाउनको विकल्प खोज्न चेम्बर अफ कमर्स झापाको माग

0
789

बिर्तामोड ,

चेम्बर अफ कमर्स झापाले विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट्ट भएको भन्दै त्यसको बिकल्प खोज्न स्थानीय सरकारसंग माग गरेको छ ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली र महासचिव प्रदिप खरेलले विज्ञप्ती जारी गर्दै सवै स्थानीय तह तथा जिल्ला कोरोना रोकथाम अनुगमन समिति झापा समक्ष यस्तो माग गरेका हुन् ।

कोभिड–१९ को कुनै पनि औषधि पत्ता लागि रहेको सन्र्दभमा देशको अर्थतन्त्र ठप्प भएको अवस्था र लामो समय सम्म भएको लकडाउनले झापा जिल्ला भरीका लाखौं ब्यवसायी, व्यवसायीका प्रतिष्ठान, किसान, उपभोक्ता सबै धरासायी अवस्थामा पुगेकोले लकडाउनको विकल्प खोज्नुपर्नेमा उनिहरुको जोड छ ।

बिर्तामोडलाई केन्द्र मानेर ब्यपार ब्यवसाय गर्ने र आम उत्पादक उपभोक्तालाई ठूलो आर्थिक संकटको अवस्था सिर्जना भएकाले आवश्यक सुरक्षा सर्तकता र सुामाजिक दुरी कायम गरी हरेक नागरिक र ब्यवसायीको दिचार्या सहज गर्न चेम्बर अफ कमर्शका झापा, महिला चेम्बर अफ कमर्श झापा र झापा जिल्लाभित्र रहेका विभिन्न निकाय र कमिटीहरु तयार रहेकाले सम्बन्धित निकायले ध्यान दिन उनीहरुले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here