पूर्वी नाकाबाट १ सय ४९ जना नेपाली छिरे / मेचीनगरको वडास्तरीय क्वारेन्टाइनमा ८९ जना

0
1348

लक्ष्मी उप्रेती / काँकरभिभट्टा,

क्वारेन्टाइनको अनुगमन गर्दै

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाल भारतसीमाक्षेत्रमा रहेका १ सय ४९ जना नेपाली विहीबार पूर्वीनाकाहुदैं प्रवेश गरेका छन् ।

नेपालका विभिन्न जिल्लाबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु काँकरभिट्टा नाका भएर नेपाल फर्केका हुन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार बुधबार आएका समेत गरी २ सय ८ जना मध्ये १ सय ४९ जनालाई सम्बन्धित जिल्ला र पालिका पठाइएको छ भने बाकीलाई मेचीनगरकै विभिन्न क्वारेण्टिन र होल्डिङ सेन्टरमा राखिएकोे छ ।

विहीबार नेपाल प्रवेश गरेकामध्ये झापाको मेचीनगर ४ का २ तथा ८ का १ गरी कुल ३ जना नागरिक मेचीनगरवासी रहेको बताइएको छ । उनीहरुलाई मेचीनगर नगरपालिकाले खडा गरेको वडास्तरीय क्वारेण्टिनमा सुरक्षित र व्यवस्थितरुपमा राखिएको मेचीनगर नगरपालिका कोरोना संक्रमण नियन्त्रण कार्यदलका सचिव एवम् वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।

मेचीनगरबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु नगरवासीहरु आफ्नो नगरमा फर्के व्यवस्थित र सुरक्षितरुपमा राख्न नगरका १५ वटै वडामा वडास्तरीय क्वारेण्टिन निर्माण गरेको छ । मेचीनगरका तीनजनालाई सम्बन्धित वडाको क्वारेण्टिनमा राखिएको सामाजिक विकास समितिका संयोजक तथा वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले बताउनुभयो ।

यसैगरी विहीबारसम्म नगरका वडास्तरीय क्वारेण्टिनमा ८९ जना रहेका सचिव वस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ मा ११, वडानम्बर २ मा ५, वडानम्बर ३ मा ७, वडानम्बर ४ मा ८, वडानम्बर ६ मा ३, वडानम्बर ७ मा १०, वडानम्बर ८ मा १, वडानम्बर ९ मा २२, वडानम्बर १० मा ५, वडानम्बर ११ मा १२, वडानम्बर १२ मा ३ र वडानम्बर १३ मा २ जना रहेका छन् । वडानम्बर १४, १५ र ५ भने खाली छन् ।

यसैगरी मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा ५५ र वडानम्बर —८ स्थित आदर्श माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २७ जना रहेका छन् । आदर्शमा रहेका केहीलाई सम्बन्धित जिल्ला पठाउने तयारी भएकाले थपघट हुने सम्भावना छ ।

क्वारेन्टाइनको अनुगमन गर्दै

नगरप्रमुख विमल आचार्यले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन र नेपाल भारतसीमामा अलपत्र अवस्थामा रहेका नेपालीहरुको व्यवस्थापनमा नगर सरकार शुरुदेखि नै लागि परेको बताउनुभयो । उहाँले मेचीनगरवासीलाई यो संक्रमण बाट बचाउनु स्थानीय सरकारको मुख्यः दायित्व भएको भन्दैं नगर प्रमुख आचार्यले आफ्ना नगरवासीलाई भोग र रोगबाट कुनै हालतले पनि मृत्युवरण गर्न नदिनका लागि सधै नगरवासीसँगै स्थानीय सरकार रहने बताउनुभयो ।

नगरपालिकाले शुरुमा आदर्श मावि, धाइजनको स्वास्थ्य केन्द्र, पशुपति मावि, सरस्वती माविमा क्वारेण्टिनको व्यवस्था गरेको भएपनि पछिल्लो समय नगरका १५ वटै वडामा क्वारेण्टिनको व्यवस्था मिलाएको छ । नेपाल भारतसीमा क्षेत्रमा आएर अलपत्र पररेर बसेका नेपालीहरुलाई स्वदेश फर्काएर सुरक्षित ब्यवस्थापनका लागि होम क्वारेण्टिन भन्दा पनि प्रत्येक वडाहरुमा सामुदायिक क्वारेण्टिनको व्यवस्था मिलाईएको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here