पबु गौतम,
आज, विश्व कोविड -१९ को संक्रमणले घेरिएको छ। चिनको वुहान सहरमा एक व्यक्तिबाट सुरु भएको कोरोना संक्रमणले ,आज विश्वको लाखौ मानिसलाई संक्रमित तुल्याएको छ भने लाखौ को संख्यामा मानिसको ज्यान पनि लिइसकेको छ। यसमा नेपाल र नेपाली पनि अछुतो रहन सकेनन्। कोरोना संक्रमणलाइ रोकथाम र फैलन नदिनकॊ लागि विभिन्न देशले लकडाउनको घोषणा गरे । नेपाल सरकारले पनि यसको पालना गर्यो र प्रत्येक नेपालीलाई घरभित्र थन्क्यायो। दुखको कुरा त के छ भने, एउटा पनि संक्रमित फेला नपर्दै लकडाउन गरिएको मेरो देशमा आज संक्रमितको संख्या झन्डै २२०० को हाराहारीमा पुगेको छ र मृत्यु हुनेको संख्या ८ पुगेको छ। के यसलाई लकडाउनको पूर्ण पालना भएको भन्न सकिन्छ ? लकडाउनको अन्य मोडालिटी बारेमा बिकल्प नै नदिइकन नेपाल सरकार एकपछि अर्को गर्दै लकडाउनको समयाअवधी थपेको थपै छ।
विश्वभरबाट नेपाल भित्रनेको संख्या दिनप्रतिदिन बढ्दै छ। अझ खुल्ला सिमानाका कारण लुकिछिपी नेपाल भित्रनेले कति मानिस लाइ संक्रमित तुल्यायो त्यसको लेखाजोखा छैन। लकडाउन मात्रै समस्याको समाधान भने पक्कै होइन तर सरकारसग पनि कुनै ठोस योजना भने छैन। सरकार लकडाउन थपिरहने अनि जनता टुलुटुलु हेरी बस्न बाध्य छन्। लकडाउनले गर्दा घरघर मा मानिस थुनिएका छन्। हरेक ठुला देखि साना सम्मका कामकाज गाडीमा ब्रेक लगाए जस्तो गरि टक्क रोकिएको छ। हरेक क्षेत्र सुन्य आबस्था मा छन् र हरेकको सपनामा पुर्णबिराम लागेको छ। सरकारले घर भित्र त बसाइदियो तर ति प्रत्येक घरभित्र रहेका मानिसको कौतुहलता,समस्या र तनाब भने दिन दुइ गुना र रात चौ गुनाले बढाइदियो। नेपाल अहिले कोरोनाले त ग्रसित छ दै छ, त्यसमा पनि विभिन्न समस्या हरु एकपछि अर्को गर्दै आइराखेको छ। हालसालै सिमा विवादले नेपाल र नेपालीलाइ मात्रै नभइ विश्वलाइ नै ततायो। लिपुलेक र कालापानीमा छिमेकि राष्ट्र भारतले गरेको थिचोमिचो को कारण विस्बभरका नेपाली लाइ एकताको सुत्रले बाध्यो। बेला बेलामा आइरहने यो सिमा बिबादले भने कस्तो रुप लिने हो हेर्न बाकी छ। तेस्तैमा नेपालमा अर्को घटना घट्यो, अन्तर जातिय प्रेम अनि त्यसले निम्ताएको जातिय भेदभाब, जसले सामाजिक संजाल त हल्लायो हल्लायो संसद भबन समेत ततायो। घटनामा ६ जनाको ज्यान गयो भने अरु कयौ घाइते भए। यसले रुकुम र जाजरकोटको स्थिति तनाब ग्रस्त बन्यो। न्याय हराएको मेरो देश मा पीडितले न्याय र दोषीले सजाय पाउछन् भन्ने आश धेरैले मारिसकेका छन् किनभने यसभन्दा अगाडी घटेका राजदरबार हत्या काण्ड होस् या निर्मला पन्तको घटना नै किन नहोस् या अन्य कुनै घटना २,४ दिन चर्चामा आउने अनि सेलाउने हामी सबैमा सर्बबिबिद नै छ।

त्यस्तैमा, अर्को कुराले नेपाली जनतालाइ निराश तुल्यायो। कुरा हो, आर्थिक बजेटको ! यस्तो तनाब नै तनाबको बिचमा आएको २०७७/२०७८ को आर्थिक बजेटमा धेरैले राहत प्याकेज आउछ भन्ने आस लगाएर बसेका थिए तर त्यो आशा पनि निरासामा परिणत भयो। राष्ट्रपति भवन मा १ करोडको गलैचा आउने भयो तर नेपाली जनता को भान्सामा भने खाना नपाक्ने स्तिथि आइसक्यो।अब विविन्न क्षेत्रमा विभाजित बजेट पनि कतिको कार्यन्वन हुने हो भोलिका दिनले हामीमाझ छर्लंग हुने नै छ ।
अब कुरा गरौ, समग्र शिक्षा क्षेत्र को,कोविड १९ ले सिर्जना गरेको विषम परिस्तिथिका कारणले शिक्षा क्षेत्र पनि प्रभावित भएको छ। यसले गर्दा नया शैक्षिक सत्र सुरु हुन सकेको छैन भने बिधालय शिक्षा देखि उच्च शिक्षा सम्मका परिक्षाहरुपनि स्थगित भएका छन्। यसैबिच, कतिपय निजि बिधालयहरुले आफ्ना नानिबाबुहरुको पढाई र भविष्यको चिन्ता लिएर सुरु गरे अनलाइन क्लास अर्थात भर्चुअल पठनपाठन। कक्षामा किताब आगाडी राखेर शिक्षकको को प्रत्यक्ष निगरानीमा राखदा पनि पढाउन गार्हो हुन्थियो भने आब यो भर्चुअल क्लास कतिको फलदाई हुने हो र कसरि समान शिक्षा सबैलाई समाबेश गराउने हो अर्को चुनैतिको बिषय बनेको छ। हुनेखानेको छोराछोरीको लागि मात्र नभई हुदाखाने सम्मका छोराछोरीले समान शिक्षाको अधिकार पाउनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ।
अन्तिममा, हामीलाई लकडाउनले धेरै कुरा सिकाएको छ तर सरकारी कदम लकडाउन थप्नु बाहेक र कोरोना परिक्षण त्यही पनि सिमित व्यक्तिलाई गर्नु बाहेक जनतालाई राहत हुने खालका कदममा अग्रसर भएको देखिदैन । जनताले महशुस गर्ने खालका गतिबिधिलाइ सरकारले तिब्र बनाउन टड्कारो आवस्यकता छ।
लेखिका (बिर्ता लेडी जेसिजकी युवा संयोजक हुनुहुन्छ)


























