मुलुकमा राजनीतिक अस्थिरता रहिरहे वैदेशिक सम्बन्धमा असर पार्छ – चालिसे

0
559

 

सुरेन्द्र भण्डारी
विर्तामोड,साउन २३ । बेलायतका लागि नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसेले राजनीतिक अस्थिरता देशमा लामो समयसम्म रहिरहे त्यसले वैदेशिक सम्बन्धमा ठूलो असर पार्ने वताएका छन् ।
झापाको विर्तामोडस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको खानेपानी परियोजनाको अवलोकन पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो वताएका हुन । अहिले देश राजनीति संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ यसले गर्दा वैदेशक सम्वन्धमा असर पार्छ तसर्थ राजनीतिक दल मिल्नुको विकल्प छैन् राजदूत चालिसेको भनाई छ । दलहरुबीच एकता भएमा छिमेकीहरुसँगको सम्बन्ध सुदृढ अुने वताउदै उनले भने – छिमेकीहरुलाई दोष लगाएर मात्र हुँदैन, सुरक्षा र प्रगतिमा नेपालप्रति विदेशीहरुको सकारात्मक धारणा छ ।
नेपाली राजनीतिमा हुर्केको असमान विदेश नीतिबारे संचारकर्मीले सोधेको प्रश्नमा राजदूत चालिसेले भने – ‘विश्वव्यापीकरणको दौडमा नेपालीहरु पनि दौड्नु पर्छ । विदेशीहरुको सद्भाव र सहयोगलाई हस्तक्षेप भन्न मिल्दैन । विदेशीहरुसँग सुमधुर सम्बन्ध राखेर विकासको अवसर प्राप्त गर्नुपर्छ , त्यसलाई हामीले खेर फाल्नु हुँदैन राजदुत चालिसेको भनाई छ । सम्पन्न राष्ट्रबाट गरीब मुलुकहरुको क्षमता बढाउन मद्दत पु¥याउँदा त्यसलाई हस्तक्षेप भन्ने हो भने विश्वव्यापीकरणको के अर्थ रह्यो र उनको भनाई छ ।
एक फरक प्रसंगमा राजदूत चालिसेल संविधानसभाको निर्वाचन हुने कुरामा आफू विश्वस्त रहेको वताउदैे उनले भने –‘मंसीर ४ अर्थात १९ नोभेम्वरमा संविधान सभाको दोसो निर्वाचन हुन्छ यसमा म विस्वस्त छु ।’ दलहरु वीचमा सहमति अत्यान्त आवस्यक रहेको र अव केही समय भित्रमै दलहरु वीच सहमति हुन्छ र चुनावको वातावरण तयार हुन्छ राजदुत चालिसेको भनाई छ ।
विर्तामोड खानेपानीको अवस्था र क्षमताको अध्ययन गरिसकेपछि सो खानेपानी नेपालभरमै उत्कृष्ट स्तरको भएको आफूलाई लागेको जानकारी दिँदै उनले पूर्वी नेपाल व्यापारिक, मधेस र पहाडको संगमको रुपमा रहेकाले पनि प्रख्यात रहेको धारणा राखेका थिए ।
राजदूत चालिसेको स्वागत विर्तामोड खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टोरुप प्रसाई र सचिव जलकुमार गुरुङले गरेका थिए । राजदुत चालिसेको स्वागत पश्चात अध्यक्ष प्रसाई र सचिव गुरुङले खानेपानीका तीनवटै ट्याङ्कीको स्थलगत अनुगमन गराएर त्यसको गुणस्तरका वारेमा समेत जानकारी गराएका थिए । विर्तामोड क्षेत्रमा जनसंख्या वृद्धिकारकारण खाने पानीको अध्याधिक माग भएको र त्यस्लाई धान्नु नै यहाँको ठूलो चुनैति रहेको अध्यक्ष प्रसाईले वताए । खाने पानी संचालनका लागि पछिल्लो समय लोडसेडिङले ठूलो समस्या उत्पन्न गरेको र सरकारले त्यस कुरालाई ध्यान नदिए भावी दिनमा देशभर संचालित ं खानेपाी आयोजनालाई समस्या उत्पन्न भएर जाने अध्यक्ष प्रसाईको भनाई छ । हाल विर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत विर्तमोड आसपासका साढे त्रीचाmिस सय वढी घर धुरीले पिउनेपानी प्रयोग गरिरहेका सचिव गुरुङले वताए ।