वीरता जेसीजको आयोजनामा विर्तामोडमा शैक्षिक मेला

२५ श्रावण २०७०, शुक्रबार मा प्रकाशित

विर्तामोड,साउन २५ । शिक्षा सवैका लागि,स्वदेशमा होस् या विदेशमा भन्ने नारा सहित झापाको विर्तमोडमा आजवाट दुई दिवशिय शैक्षिक मेला प्रारम्भ भएको छ ।
एसएलसी तथा प्लस टु पास गरेर उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई लक्षित गरी प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहाने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिने उदेश्यले वीरता जेसीजको आयोजना र वोस्टन एजुकेशन सेन्टरको प्रायोजनमा वृहत जेसीज एजुकेशन फेयर २०१३ नाम दिइएको उक्त मेला आजवाट प्रारम्भ भएको हो । शैक्षिक मेलाको उद्घाटन जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद रेग्मीले गरेका थिए । वीरता जेसीजका उपाध्यक्ष याम कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत कार्यक्रम संयोजक राजीव धिमालले गरेका थिए । तीलरुपा श्रेष्ठले आस्था वाचन गराएको कार्यक्रम हेनरी गिसन वियरको तस्वीरमा माल्र्यापण गरी उद्घाटन भएकोे थियो । कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष उमा श्रेष्ठ, रेडक्रस सोसाइटी अनारमनी उपशाखाका सभापति सजेसकुमार शिवाकोटी, भद्रपुर जेसीजका अध्यक्ष रमेश पोखरेल, रोटरी क्लब विर्तमोडका अध्यक्ष जीतेन्द्र वस्नेत, रेडियो सनराइजका अध्यक्ष कुमार भट्टराई, समाजसेवी देविप्रसाद गिरी, उद्योग वाणिज्य सघ विर्तामोडका अध्यक्ष बलराम कार्की, धु्रव शिवाकोटीलगायतले यो मेला विद्यार्थीका लागि अत्यान्त फलदायी भएको वताए । यसैगरी कार्यक्रममा जेसीजमा राष्ट्रिय उपाध्यक्ष प्रशान्त भण्डारी र वोष्टन एजुकेशनका प्रबन्धक सुमन शर्माले शैक्षिक मेलाको उद्देश्यबारे प्रकाश पार्दै मेलाले विद्यार्थीको मनोकांक्षा समेत पुरा गर्ने वताए । मेलामा भारत, अष्ट्रेलिया, जापान र नेपालका बिभिन्न २० भन्दाबढी विश्वविद्यालयका प्रतिनिधिले त्यहाँ पठनपाठन हुने शिक्षाको वारेमा परामर्श दिन स्टलहरु राखेको वीरता जेसीजका संचार संयोजक कमल प्रसाद पाण्डे विनोदले जानकारी दिए । कार्यक्रमको संचालन वीरता जेसीजका महासचिव एकराज गिरीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।