कोरोना विरुद्ध कालीझोडामा जनचेतनामूलक कार्यक्रम

0
1326

अर्जुनधारा ।

कोरोना भाईरस संक्रमण सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम झापाको अर्जुनधारा–१० मा सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिकामा समेत दुई जना संक्रमित देखापरेपछि नागरिकहरुलाई सतकर्ता अप्नाउन आग्रह गर्दै कोरोना संक्रमण नियन्त्रण समिति कालीझोडाले समाजिक दुरी कायम राखेर जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

स्थानीय प्रगती सामुदायीक वनको सभाहलमा आयोजित कार्यक्रमका वक्ताहरुले हालसम्म सुरक्षित रहेको अर्जुनधारामा कोरोना संक्रमित फेला परेसँगै खतराको खण्टी बजेको भन्दै सतर्क रहन नगरबासीमा आह्वान गरेका छन् ।

संक्रमणलाई थप फैलिन नदिन स्थानीय सरकारसँग नगरबासीले हातेमालो गरेर अघि बढ्नुपर्ने उनीहरुको भनाई थियो । अधिकांश भारतिय कामदार कोरोना बोकेर गाउँ फर्किनुु ,लामो समयसम्म जारी लकडाउन खुकुलो पार्दै लैजाने सरकारी नीति लगायतका कारण कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै उनीहरुले महामारीको रोकथामका निम्ती सरकारको मात्र मुख नताकी आफु कसरी सुरक्षित रहने भन्नेतर्फ ध्यान दिन सुझाएका हुन् ।

समितिका संयोजक खगेन्द्र सुबेदीको अध्यक्षता तथा वडाध्यक्ष बलदेव गोम्देनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष गोम्देनले कोरोना रोकथामका निम्ती युवाहरुको सक्रिय सहभागीताको प्रशंसा गर्नुभयो । कार्यक्रममा मनकामना अस्पताल चारालीका डाक्टर दिलीपकुमार यादवले कोरोना भाईरस र यसबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा सहभागी ५ सय ४१ जनालाई मास्क , पञ्जा र साबुन समेत बितरण गरीएको संयोजक सुबेदीले जानकारी दिनुभयो ।

चाराली प्रहरी ईञ्चार्ज किरण कुमार राईको बिशेष आतीथ्य रहेको कार्यक्रममा सदस्य बिबेक सुन्दासले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन स्मिता सुनुवारले गर्नुभएको थियो । एक साताअघि गठन गरिएकोे समितिले जनचेतनामूलक घरदैलो कार्यक्रम , माईकिङ ,स्वास्थ्य सामाग्री बितरण, वडा प्रवेशमा कडाई ,शंकास्पद व्यक्तिहरुको पहिचान गरी स्थानीय तहमा जिम्मा लगाउने लगायतका कार्यहरु गर्दै आएको छ ।

महामारीको जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षा सामाग्री बितरण गर्ने अभियानमा बिभिन्न क्षेत्रबाट सहयोग आउने क्रम पनि जारी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here