पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
828

झापा।

झापाको दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको छ ।

आज दिउँसो पौने ४ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here