दोकानडाँडा–गुप्ती सडक खण्डको स्तरोन्नतीको काम सम्पन्न

0
1054

गणेश अर्याल/ इलाम,

इलामको माईजोगमाई गाउँपालिका–३ गुप्ती देखी बलढयाङ्ग्रे हुँदै इलाम जोडने सडकको दोकानडाँडा–गुप्ती सडक खण्डको स्तरोन्नतीको काम सम्पन्न भएको छ ।

डेढ किलोमिटर सडकमा ग्राबेल, सोलिङ तथा नालीको सम्पुर्ण काम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७५/७६ मा ७ लाख रुपैया बजेटबाट ७ मिटर चौडाइ कटिङको १२ सय मिटर सडक बिग्रिएपछि स्थानियले समस्या भोग्दै आएका थिए । चालु आर्थिक बर्षमा गाउँपालिकाको पहलमा स्थानिय सरकार साझेदारी कार्यक्रम अन्र्तगत १५ लाख बिनियोजना भएपछि पुनः स्तरोन्नतीका कार्य गरिएको हो ।

स्थानिय जनश्रमदान बापत ७५ हजार ४ सय ७८ रुपैयाबाट नयाँ काम गर्नुपर्ने भएपनि गत बर्ष निर्माण भएको सडक क्षति भएपछि पुरानो बाटोलाई नै स्तरोन्नती गरिएको उपभोक्ता समितिका अध्यक्ष रामकुमार काफ्लेले जानकारी दिए ।

बर्खा सुरु भएपछि बजेट बिनियोजनाका कारण समस्या हुने गरेता पनि समितिले लकडाउनको समयमा सामाजिक दुरी कामय गरेर काम गरिएको हो । समितिले प्रति घण्टा १ सय रुपैयाको दरले स्थानिय २५ जना युवालाई १३ दिनसम्म रोजगारी दिएको समितिका सचिब प्रेमसागर पौड्यालले बताए ।

१५ लाख रुपैया बजेटबाट १८ प्रतिशत भ्याट काटेर गाउँपालिकाको मापदण्ड अनुसार नया नाली, ४ मिटर चौडाई २० सेन्टिमिटर गहिराई र ४ मिटर चौडाई मा ९३ मिटर सोलिङ्ग गरेको अध्यक्ष काफ्लेले बताए । यता बाटोको स्तरोन्नति को काम सोचे जस्तो राम्रो भएको गाउँपालिका अनुगमन टोलिले जानकारी दिएको छ ।

बाटोको काम सम्पन्न भएपनि माईजोगमाई गाउँपालिका वडा न ३ र ४ का माथिल्लो भेगका सम्पुर्ण मानिसहरु लाभान्वित भएका छ्न । गत बर्ष कटिङ्ग गरिएको बाटो बिग्रेको कारण डेढ किलोमीटर बाटो पार गर्न एक घण्टा भन्दा बडि समय लाग्ने गरेको थियो । जसका कारण सवारी साधन बिग्रने समस्या हुँदै आएको चालकहरु बताउँछन् । बाटो स्तरोन्नती भएपछि सहजता हुने स्थानियले अपेक्षा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here