‘एकका लागि एक अभियानसँग सहकार्य गर्दै विपद्मा सहयोग गर्दैर्छौं’

0
1710

नवीन पोखरेल– उपाध्यक्ष, अन्तराष्ट्रिय झापाली समाज

अन्तर्राष्ट्रिय झापाली समाज अहिले के गरिरहेको छ ?

– हाल हामी यो विषम् परिस्थितिलाई मध्यनजर गर्दै झापाका सबै पालिकाहरुमा भिटिएम किट बितरण गरिसकेर दोश्रो चरणको राहत अभियानको बारेमा छलफलमा छौ । पहिलो चरणमा हामीले झापाका १५ वटै स्थानीय तहमा पुगेर प्रमुख तथा उपप्रमुख र प्रशासकीय अधिकृतहरुसंग छलफल गरेर भीटीएम किट प्रदान गरेका हौं । हामीले स्थानीय तह पुगेर प्रत्येक पालिकालाई एक एक सय भीटिएम किट प्रदान गरेका थियौं । पहिलो चरणमा एक÷एक सय किट वितरण गरेको र हामीले १६ सय किट वितरण गर्ने मनसायले यो अभियान थालेका थियौं । बाँकी रहेको एक सय थान किट जिल्ला प्रशासन कार्यालय झापालाई प्रदान गरिएको छ ।

एकका लागि एक अभियानसंगको सहकार्यमा कोरोना परीक्षण प्रयोगशाला खरिदका लागि सहयोग गर्न लाग्नु भएको हो ?

– मानवीय सेवामा हामी सदैव तल्लीन हुन्छौं । यो महामारीमा पनि हामीले आफ्नो ठाउँबाट प्रयत्न गरिरहेको अवस्था छ । झापामा शुरु भएको अभियान अत्यन्तै राम्रो भएकाले हामीले पनि यो अभियानमा एक्यवद्धता जनाउँदै महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता अनुसार अगाडि बढिरहेको छौ ।

कति सहयोग गर्ने सोच बनाउनु भएको छ ?

– अहिले यति नै भनेर हामीले रकम तोकेको छैनौ । रकम संकलनकै क्रममा छौ । तर, ल्याब स्थापना गर्ने मुख्य संस्थाहरुमध्ये अन्तर्राष्ट्रिय झापाली समाज पनि एउटा मुख्य संस्था हुनेछ ।

भावी कार्यक्रम के–के छन् ?

– अब हामी तुरुन्त दोश्रो चरणको राहत वितरणमा लाग्ने छौ । झापाका पालिकाहरुको आवश्यकता अनुसार कुन पालिकालाई के–को आवश्यकता छ उक्त कुरा हामी राहत स्वरुप उपलब्ध गराउने योजना रहेको छ । हामी छलफलको क्रममा रहेको छौ । साथै, एकका लागि एक अभियानको सहकार्यमा ल्याबको स्थापनालाई सहयोग गर्ने योजना छ । त्यसैगरी बर्खायाममा आइपर्ने बाढी लगायत अन्य प्रकोप हरुलाई मध्यनजर गर्दै योजनाहरु बनाइरहेका छौ ।

कोरोना परीक्षणका लागि ल्याव स्थापना गर्ने सकारात्मक सोच यहा“हरुले बनाई रह“दा स्थानीय तहको भूमिका कस्तो पाउनु भयो ?

– हामी भिटिएम किट बितरण गर्न जाँदा सबै स्थानीय तहहरुसँग हाम्रो छलफल र परामर्श भयो । यो कदममा उहाँहरु सबै अत्यन्त उत्साहित हुनुभएको छ र यसको स्थापना र सञ्चालनमा स्थानीय निकायहरुको पनि साथ र सहयोग रहने सबै पालिका प्रमुख उपप्रमुखहरुले प्रतिबद्धता जनाउनुभएको छ ।

यहाँले भिटिएम किट प्रदान गर्न सबै स्थानीय तह पुगिरह“दा कोरोना रोग नियन्त्रणका लागि कहा“ चुकेका रहेछन् स्थानीय तह ?

– हामी सबै पालिका पुग्दा कुनै पालिकाले ब्यवस्थित क्वारेन्टाइन बनाएको पाइयो भने कुनैमा त्यति ब्यवस्थित पाइएन, त्यसैगरी अनिबार्य मास्कको प्रयोग, समाजिक दुरि कायम गराउने, पसल इत्यादि सञ्चालनमा ब्यवस्थित नभएको पाइयो ।

अब स्थानीय तहले के गर्न जरुरी छ ?

– कोरोनाको रोकथाम र नियन्त्रणको लागि स्थानीय स्तरमा जनचेतना फैलाउने कार्यक्रमहरु गर्ने, बिस्तारै लकडाउन खोल्न र अत्यावश्यक कुराहरु खोल्नको लागि मापदण्ड अनुसारको सतर्कता विधि अपनाउने, क्वारेन्टाइन हरुलाई व्यवस्थित गर्ने, थप क्वारेन्टाइनहरु बनाउने इत्यादि कार्यहरु गर्न जरुरी छ ।

स्थानीय तहले यहा“हरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

– अत्यन्त राम्रो पाइयो, सबैले सहकार्य गरिदिएकोमा खुशी व्यक्त गर्नु भयो भने त्यहाँका अन्य आवश्यक राहत सामग्रीहरुको बारेमा जानकारी गराउँदै सबै कार्यमा एकसाथ भएर अगाडि बढ्न सुझाव दिनुभयो ।

सामाजिक संस्था हो अन्तर्राष्ट्रिय झापाली समाज । तर, जनमानसमा विदेशी डलर भित्र्याएर समाजले केही भिटिएम किट र मास्क दिएर डलर कुम्ल्याउछन् भन्ने आक्षेप पनि यहा“हरुलाई लाग्ने गरेको छ नि के भन्नुहुन्छ ?

– यो अत्यन्त निष्कृस्ट बिचार हो । अन्तर्राष्ट्रिय स्तरमा सञ्चालित संस्थाहरु कसरी परिचालित हुन्छन् यसका आयश्रोत के हुन् भन्ने कुरा नबुझ्नेहरुले यस्तो आक्षेप लगाउने गर्छन् । के बुझ्नु जरुरी छ भने सामाजिक संस्थालाई कुनै सरकारी निकाय वा अन्य कुनै तह तप्काबाट अनुदान आउने हँुदैन । सिँधै सरकारका परियोजनाहरुलाइ लागू गर्ने संस्थाहरुमा भने अनुदान रकम सहयोग आउँछ होला तर हाम्रा जस्ता सामाजिक संस्था जुन हामीबाट नै स्थापित हुन्छन् । हामीले नै सञ्चालन गर्नुपर्ने हुन्छ यस्ता संस्थाहरुको आयश्रोत भनेको सदस्यता शुल्क र संस्थामा आबद्ध संस्था र व्यक्तिहरुबाट आवश्यकता हेरेर व्यक्तिगत अनुदान मात्र हो त्यसो हुँदा हामी झापामा कुनै सहयोग वा अन्य सामाजिम कार्य गर्दा आफ्नै संस्थाभित्रबाट आफ्नो गोजीको जुन दिन रात मेहनत गरेर कमाएको हुन्छ उक्त रकम सबै सदस्यहरुबाट उठाएर आफ्नो जिल्लामा आइपरेको विभिन्न यस्ताखाले समस्याहरुमा सहयोग गर्ने गरेको छौं ।

अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग झापालाई मात्रै हो कि अन्य जिल्लाका लागि पनि हुन्छ ?

– यो विभिन्न मुलुकमा स्थापित झापाली समाजहरुको छाता संगठन भएकोले हाम्रो सामाजिक उद्देश्य हालको लागि हामीले कार्यक्षेत्र झापा जिल्लालाइ मात्र बनाएका छांै ।

तपाईंले आफै व्यक्तिगत रुपमा कुनै पनि सहयोग गर्नु भएको छ ?

– छ, म पनि यही समाजमा हुर्किएको मान्छे हुँ । पहिला म अनि मेरो समाज । त्यही समाजमा हुर्किएको म त्यसपछि मात्रै यो संस्थामा जोडिएको हुँ । अहिले नेतृत्व तहमा छु । तथापी म आवद्ध समाजले सहयोगको हात अघि बढाइरहदा मैले पनि केही गर्नुपर्छ भनेर थोरै भएपनि सहयोग गर्दै आएको छु ।
अन्तर्राष्ट्रियस्तरको एन ९५ मास्क वितरण गरेको छु । १२५ थान मास्क प्रदान गर्दा झण्डै ३५ हजार रुपैयाँ खर्च भएको छ । नेपाली कांग्रेस हल्दिबारिलाई अन्तर्राष्ट्रियस्तरको मास्क १०० थान प्रदान गरेको छु । त्यहाँ पनि ३० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै नेपाली कांग्रेस बाह्रदशीलाई पनि अन्तर्राष्ट्रियस्तरको मास्क १२५ थान प्रदान माष्क प्रदान गरेको छु ।
त्यसलाई ३५ हजार रुपैयाँ खर्च भएको छ । वाह्रदशी २ मा र ४ लाई २ क्वीन्टल चामल राहत प्रदान गरिएको छ । यसलाई १० हजार रुपैयाँ खर्च भएको छ । बिर्तामोड नगरपालिका वड नंं. १० लाई ४ क्वीन्टल चामल राहत स्वरुप २० हजार र नेपाली कांग्रेस भद्रपुर २ क्वीन्टल चामल प्रदान गरेको छु । यसका लागि १० हजार रुपैयाँ खर्च भएको छ ।

अन्त्यमा के भन्न चाहानहुन्छ ?

– झापाबासी सबैमा यो विषम् परिस्थितिमा आफ्नो आत्मबल दह्रो बनाएर कोरोनासँग लड्न सक्ने क्षमतालाई बिकास गर्नु होला । सजगताका उपायहरु अवलम्बन गर्दै आफूलाई जोगाउनु होला । हामी अन्तर्राष्ट्रिय झापाली समाज यहाँहरुको लागि सँधै जुनसुकै परिस्थितिमा पनि आइपरेको बिपद्मा साथ छौं । सुरक्षित रहनु होला भन्न चाहन्छु ।

प्रस्तुतिः सुरेन्द्र भण्डारी

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/31-jestha.pdf

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here