बलात्कार र यौन दुर्व्यवहारको आरोपमा दुईजना पक्राउ

0
868

पर्वत,

पर्वतमा बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार बलात्कारको आरोपमा जलजला गाउँपालिका–३ माझफाँटका ३२ वर्षीय रबिन जिसी पक्राउ परेका छन्।

जिसीमाथि गत जेठ १५ मा जलजला–७ धाइरिङकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ। असार ५ मा पीडित भनिएकी युवतीले प्रहरीमा उजुरी गरेपछि सोही दिनमा नै जिसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बेनी अस्पताल म्याग्दीमा स्वास्थ्य परीक्षण गरेपछि पर्वत प्रहरीको हिरासतमा रहेका उनलाई आइतबार सरकारी वकिलको कार्यालय पर्वतमार्फत जिल्ला अदालत पर्वतमा पेस गरी १० दिनका म्याद थप गरिएको छ।

आरोपित जिसी पर्वतको जलजला गाउँपालिकामा निर्माणाधीन मिलनचोक धाइरिङ ठोट्नेरी सडकमा साइड इन्चार्जको रूपमा कार्यरत रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here