झापा ।
झापाको कमल गाउँपपालिका–५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षीय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका–५ का २० बर्षीय दिपेश थापा रहेका छन ।
मोटरसाईकलमा सवार रहेका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ६ हजार रुपैया ,२ थान मोबाईल र दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उता सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र–७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान–१७ का २२ बर्षीय विशाल भुजेल रहेका छन । मोटरसाईकलमा सवार गरी आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद गरिएको हो । उनीहरुको साथबाट एक थान पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































