दोस्रो कोरोना संक्रमित निको भए

0
506

काँकरभिट्टा,

मेचीनगरको दोस्रो कोरोना संक्रमित व्यक्तिले कोरोनामाथि जीत दर्ता गरेका छन् । मेचीनगर–३ का ३६ वर्षीय पुरुष सोमबार निको भएर घर फर्किदैछन् ।

जेठ २९ गते भारतको दिल्लीबाट आएका उनलाई मेचीनगर नगरपालिकाको वडा स्तरीय ३ नम्बर वडाको बलभद्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

जेठ २३ गते उनको पीसीआर परीक्षणका लागि थोड स्वाबको नमुना संकलन गरिएको थियो । परिणाम पोजेटिभ आएपछि उपचारका लागि विराटनगर स्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनी पूर्णरुपमा निको भएपछि सोमबार घर फर्किने तयारमिा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जेठ २८ गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उक्त अस्पताल लगिएको थियो । अस्पतालले उनलाई आज डिस्चार्ज गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here