काँकडभिट्टा स्थित मेची नदीबाट १८ बोरा सुपारी प्रहरीद्धारा बरामद

0
946

झापा ।

तस्करीको माध्यमबाट काँकडभिट्टा नाकाबाट भारत लैजान लागेको १८ बोरा सुख्खा सुपारी प्रहरीले बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ स्थित मेची पुल नजिकैको खोला किनारबाट प्रहरी सो परिणामको सुपारी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ५४० केजी सुपारी बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

करिब एक लाख ७८ हजार दुई सय मूल्य बराबरको सुपारी .इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ  सुपारीलाई मेची भन्सार कार्यालय बुझाइने छ ।

सीमा नाका सिल भएको अवस्थामा जिल्लाका विभिन्न नाकाबाट अहिले पनि तस्करीको माध्यमबाट सरसामान भित्राउने र लैजाने गतिविधि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here