वजेटका विषयमा हल्दिवारीमा लफडा : अध्यक्ष भन्छन् – म माथि हातपात भयो, उपाध्यक्ष भन्छन् – अध्यक्षले आफैं टेवल फुटाएर जानुभयो (भिडियो सहित)

१० असार २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड, बजेट सार्वजनिक गर्ने विषयलाई लिएर झापाको हल्दिवारी गाउँपालिकामा बिवाद सृजना भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि वजेट सार्वजनिक गर्ने तयारी गर्दै गर्दा विवाद सृजना भएको थियो ।

विवदका क्रममा आफूलाई नेकपाका केही कार्यकर्ताले हातपात गरेको भन्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन मेची अञ्चल अस्पताल भद्रपुर स्वास्थ्य जाँचका लागि गएका थिए । उनीसंगै नेपाली कांग्रेसका होमचुडाल समेत घाइते भएको र उनलाई पनि मेची अञ्चल अस्पताल लगिएको अध्यक्ष लिङ्देनले बताए ।

विवादका क्रममा हात हालाहाल भएको र सो क्रममा हल्दिवारी गाउँपालिका – ५ का वडा अध्यक्ष शेरवहादुर नेम्वाङ्ग समेत घाइते भएको बताइएको छ ।

यता गाउँपालिका उपाध्यक्ष डम्वरवहादुर गिरीले अध्यक्ष लिङ्देन आफैंले सभा छाडेर गएको दावी गरेका छन् । अध्यक्ष लिङदेन आफैंले सभा भईरहेको समयमा अर्मयादित ढंगले प्रस्तुत भएको र टेवल फुटाएको उपाध्यक्ष गिरीको भनाई छ । उनले अमर्यादित ढंगले प्रस्तुत हुने जो कोहीलाई सार्वजनिक मुद्धा चलाउने भन्दै सभा पुनः सञ्चालन गरेका थिए । (भिडियो हल्दिवारी डटकमबाट लिएको हो ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

3 COMMENTS

  1. Yo ghatna biswavari nepali jantle neyali rheka xan yo haldibari gaupalika ko matr samsiya hoina yo desaivari ko 2/3 bahumat sarkar ko galth kadam ho..yo samsiya janata ko adalat bat nirny garne din aux tiyo din ab dharai xain r desaivai ko jantale aktiyari garne din aux🙏🏻🙏🏻🙏🏻

  2. Yo ghatna biswavari nepali jantle neyali rheka xan yo haldibari gaupalika ko matr samsiya hoina yo desaivari ko 2/3 bahumat sarkar ko galth kadam ho..yo samsiya janata ko adalat bat nirny garne din aux tiyo din ab dharai xain r desaivari ko jantale aktiyari garne din aux🙏🏻🙏🏻🙏🏻

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here