वाह्रदशीमा थपिदै कोरोना संक्रमित

0
743

बिर्तामोड ।

बाह्रदशी गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । पशुपति मावि क्वारेन्टाइनमा वसेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै वाह्रदशीमा कोरोना संक्रमितको संख्या आठ पुगेको हो ।

बाह्रदशी गाउँपालिका वडा नं १ का १८ वर्षिय युवामा कोरोना संक्रमण देखिएको बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । झापा जिल्लामा कोरोना संक्रमितको संख्या भने २१८ पुगेको छ ।

यसैबीच कोरोना संक्रमणबाट निको भएर विहीवार झापाका २८ जना आज घर फर्किएका छन् । योसहित निको भएर घर फर्किनेको संख्या १५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here