पत्रकार घिमिरेलाई पितृशोक

0
661

विर्तामोड ।

पूर्वाञ्चल दैनिकका पूर्व सहकर्मी तथा सहयोगी, नेपाल पत्रकार महासंघ झापाका सदस्य डण्डिराज घिमिरेलाई पितृशोक परेको छ ।

गौरादह नगरपालिका वार्ड नं. ४, मजुवा निवासी घिमिरेका बुबा तारानाथ घिमिरेको ७३ बर्षको उमेरमा निजि निवासमा शुक्रवार निधन भएको हो । पेटमा ट्युमर सम्बन्धी रोगले पीडित घिमिरे एक वर्ष अघि ट्युमरको अप्रेसन गरी घरमै स्वास्थ्यलाभ लिईरहेका थिए ।

ओखलढुंगाको चिशंखुपोखरीमा वि.सं. २००४ साल साउन १२ गते जन्मिएका सामाजिक तथा धार्मिक व्यक्तित्वका धनी घिमिरे सरस्वती घिमिरेसंग वैवाहिक बन्धनमा बाँधिएका थिए । उनका २ छोरा बुहारीहरू डण्डीराज – सरिता , युवराज – गोमा र छोरीहरू गंगा खतिवडा, शान्ता खतिवडा, कविता खतिवडासहित ५ नाति र ३ नातिनी रहेका छन् ।

उनका छोरा डण्डीराज घिमिरे समरूप मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन विचारका सञ्चालक तथा सम्पादक हुन् । गौरादह नगरपालिका वार्ड नं. १ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक समेत रहेका पत्रकार घिमिरे नेकपा झापाका जिल्ला सदस्य समेत हुन् ।

स्व.घिमिरेको झापा गौरादह नगरपालिका वार्ड नं. ७ स्थित फकिढिप गेउरिया घाटमा हिन्दु परम्परा अनुसार शुक्रवार नै दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here